चीनमा विषाक्त खाना खाँदा एकै गाउँका ८७ जना बिरामी



Download our app to get more features

चोङगोइङ (चीन), ७ जेठ । चीनको दक्षिणपश्चिमी उशान काउन्टीको एक वस्तीमा ‘विषाक्त खाना’का कारण कम्तीमा ८७ जना बिरामी परेका छन् । 

आइतबार एउटै भोजमा खाना खाएका उनीहरूले खाना खाएपछि असजिलो महशुस गरेपछि उपचारका लागि तत्कालै नजिकको अस्पतालमा भर्ना गरिएको थियो । 

स्थानीय समय अनुसार सोमबार विहान ११ बजेसम्ममा ३५ जनालाई उपचारपछि घर पठाइएको छ भने ५२ जना अझै अस्पतालमा भर्ना भै उपचार सेवा लिइरहेका छन् । अस्पतालमा उपचाररत सबैजना खतरामुक्त रहेको जनाइएको छ । 

उशानको सुरक्षा प्रशासनले उक्त घटनामा दोषी भनी आरोपित केही व्यक्तिलाई हिरासतमा लिएको छ भने बिरामीहरूले प्रयोग गरेको तयारी खानाको नमूना परीक्षणका लागि ल्यावमा पठाइएको छ । 

 

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts