फास्टफूड प्याकिंग बक्स स्वास्थ्यका लागि निकै हानिकारक,सिन्थेटिक केमिकलले हुन सक्छ क्यान्सर



Download our app to get more features

हामी सबैलाई थाहा भएको कुरा हो फास्टफूड हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन सक्छ ।

यदि तपाईँपनि फास्टफूड खान निकै रुचाउनु हुन्छ र विभिन्न अध्ययन अनुसन्धानका बाबजुद पनि केहि न केहि खाइ राख्नु हुन्छ भने यो धेरै नै गम्भिर विषय हो । केहि व्यक्तिले आफ्नो यो बानीलाई राम्रो भनेर अरुलाई सन्तुष्ट पार्न खोज्छन् कि राम्रो गुणस्तर भएको फास्टफूड खाने गरेको छु तर यसले तपाईको स्वास्थ्यलाई केहि राम्रो भने हुँदैन ।

फास्टफूड कसरी बन्दैछ, फास्टफूड बनाउनमा कस्ता गुणस्तर भएका तत्वहरुको प्रयोग गरिन्छ, यि सबै कुराका बाहेक त्यसको प्याकिगं कसरी हुने गरेको छ त्यो विषय महत्वपूर्ण हुन्छ । किनकी फास्टफूडको प्याकिगंले हाम्रो स्वास्थ्यलाई खतरा हुन सक्छ ।

एक अध्ययनका अनुसार फास्टफूड भन्दा पनि त्यसको प्याकिगं खतरनाक हुन सक्छ । प्याकिगंका लागि प्रयोग हुने प्लास्टिक, फोइलिगं पेपर वा बक्समा यस्ता रासायन हुन्छन् जुन हाम्रो स्वास्थ्यको लागि खतरनाक हुन सक्छ । फास्टफूड प्याक गर्नका लागि जुन र्यापिंग पेपर वा अन्य सामग्री प्रयोग गरिन्छ, त्यो विभिन्न प्रकारका रासायनबाट तयार पारिएको हुन्छ । त्यस बाहेक ती सामग्रीलाई चम्किलो र आकर्षक देखाउनका लागि ग्रीसको कोटिंग पनि गरिन्छ । अध्ययन रिपोर्टका अनुसार , प्याकिंग बक्स बनाउनमा सिन्थेटिक केमिकलहरुको अत्यधिक मात्रामा प्रयोग हुन्छ ।

जसमा अनेक प्रकारका रासायनहरु हुन्छ, जुन क्यान्सर जस्ता खतरनाक रोगको कारण बन्न सक्छ । त्यतिमात्र नभई यसले शरीरमा विषाक्त पदार्थको मात्रा बढ्ने हुन्छ जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता पनि घटेर जान्छ र हाम्रो शरिरमा अन्य रोगहरुले पनि आक्रमण र संक्रमण गर्न सक्छ ।

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2018-05-23 14:21:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts