बुटवलमा खुलेको बहुविशेषज्ञ अस्पताल सिद्धबाबामा निशुल्क ओपिडी सञ्चालन



Download our app to get more features

काठमाडौ १०, जेठ । राजधानी बाहिरकै ठूलो विशेषज्ञ अस्पताल भनिएको सिद्धबाबा सुपर स्पेश्यालिटी इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरले स्थापनाको अवसरमा बिरामीलाई सबै बहिरंग सेवा निःशुल्क गरेको छ । 

हालै सञ्चालनमा आएको अस्पतालले स्थापनाको अवसरमा मुटुरोग ,दम तथा छाति, मिर्गाैला ,स्त्रीरोग ,रेडियोलाजी, ग्यास्ट्रो सेवा तथा न्युरो मेडिसिनको ओपिडी सेवा निःशुल्क दिइरहेको अस्पतालका एकजना संस्थापक एवं मिर्गौलारोग विशेषज्ञ डा. शक्ति बस्नेतले जानकारी दिए । 

उनले सिद्धबाबा अस्पताल उपत्यका बाहिरको मल्टिस्पेशलिटी विशेषज्ञ सेवा भएको पहिलो हस्पिटल भएको समेत दावी गरेका छन् । एउटै अस्पतालमा सबै प्रकारका विशेषज्ञ सेवा दिएर सिद्धबाबा नमुना अस्पताल बनेको बस्नेतले बताए ।

अस्पताल पाँच जना विशेषज्ञ डाक्टर मिलेर स्थापना गरेको हुन् । डा.शतिm बस्नेत ,डा.यमन्त प्रधान ,डा.दिपेश प्रधान, डा.सन्जिव शाह,डा.नेत्र राना लगायतका चिकित्सकले अस्पताललाई काठमाडौ बाहिरको नमुना अस्पताल बनाएर चलाउने बताएका छन् ।
 

Last modified on 2018-05-25 11:25:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts