फिस्टुलाबाट जोगिन डा. दंगालका ७ सुझाव



Download our app to get more features

प्रसव फिस्टुला हुनबाट जोगाउन गर्भवती महिलाको परिवारका सदस्यहरुको भूमिका रहन्छ । गर्भवती महिलाको उपयुक्त हेरचाह, नियमित स्वास्थ्य जाँच गराउनुका साथै व्यवस्थापनले गर्दा फिस्टुला हुने सम्भावना हुँदैन । प्रसव फिस्टुलाबाट जोगिन प्रा.डा. गणेश दंगालका यस्ता छन् सुझाव :

१. गर्भवती हुँदा कम्तिमा ४ पटक नियमित गर्भ जाँच गराउने

२. प्रसूति सेवाको लागि स्वास्थ्य संस्थामा गएर दक्ष स्वास्थ्यकर्मीद्वारा प्रसुति गराउने

३. प्रसूति सेवाको लागि उचित स्वास्थ्य संस्थामा जान ढिलो नगर्ने । ८ घन्टाभन्दा बढी लगातार व्यथा लागेमा तुरुन्तै शल्यक्रिय सुविधा भएको अस्पतालमा जाने

४. महिलाहरुमा गरिने विभेदलाई रोक्ने । जस्तैः पोषण, गर्भवती तथा सुत्केरी स्याहार, बालविवाह आदि

५. महिलाहरुको उमेर कम्तिमा २० वर्ष पुगेपछि मात्र गर्भवती हुने

६. किशोरावस्था र गर्भावस्थाको समयमा उचित पोषणयुक्त खानेकुराहरुमा विशेष ध्यान दिने 

७. महिलाहरुको उमेर कम्तिमा २० वर्ष नपुगी विवाह नगरिदने
 

Last modified on 2018-05-25 12:57:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts