विश्व थाइराइड दिवसको अवसरमा राजधानीमा र्याली, अल्कामा ३५० जनाको निःशुल्क उपचार हुने



Download our app to get more features

काठमाडौ, ११ जेठ । विश्व थाइराइड दिवसको अवसरमा अल्का अस्पताल, डाइबेटिज एण्ड थाइराइड सेन्टर प्राली ,तथा लायन्स क्लव अफ अल्काले आज बिहान र्याली निकालेको छ ।

अल्का अस्पतालबाट शुरु भएको र्याली जावलाखेल ,कुमारीपाटी, लगनखेल, कृष्णमन्दिर ,गावहाल ,पुल्चोक हुँदै पुनः अल्का अस्पतालमा पुगेर सकिएको छ । र्यालिमा ५ सय जनाको सहभागीता थियो ।
अलका अस्पतालले दिवसका अवसरमा आज अस्पतालमा थाइराइड रोग सम्बन्धि २५० जना बिरामीको निःशुल्क उपचार गरिने शिविर समेत राखिएको छ । 

शिविरमा वरिष्ठ थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा. अंशुमली जोशी र प्रियादर्शीनी योञ्जनले बिरामीको उपचार तथा निःशुल्क औषधिको वितरण गर्ने अस्पतालले जनाएको छ ।
अल्का अस्पतालले विगत केहि वर्ष देखि थाइराइड दिवसका अवसरमा  निःशुल्क स्वास्थ्य परीक्षण  र जनचेतनामूलक र्याली कार्यक्रम आयोजना गदै आइरहेको छ । यस्ता कार्यक्रमले थाइराइड बारे मानिसमा भएको भ्रंम र नकारात्मक सोच कम हुने डा.प्रियादर्शीनी योन्जनले बताइन् ।

    


 

Last modified on 2018-05-25 16:14:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts