‘कन्डमको धेरै प्रयोग खतरनाक सावित हुनसक्छ’



Download our app to get more features

अचेल सुरक्षित यौन सम्पर्कका लागि धेरैजसोले कन्डम बोक्छन् ।

कन्डमलाई परिवार नियोजनको उत्तम साधन पनि मानिन्छ । कन्डमलाई सबैभन्दा ‘सेफ सेक्स’ को रुपमा पनि लिने गरिन्छ । तर हामीलाई कन्डमको सहि प्रयोगबारे जानकारी नहुन सक्छ । जानी राखौं, कन्डमको धेरै प्रयोगले सोचेभन्दा बढी हानि पु¥याउन सक्छ । केही अनुसन्धानकर्ताहरुका अनुसार कन्डममा केही अप्रत्यक्ष असर पुर्‍याउने तत्व भएकाले यसको धेरै प्रयोगले स्वास्थ्यका लागि धेरै ठुलो खतरा पैदा हुनसक्छ ।  अधिकांश कन्डमहरु लेटेक्सले बनेका हुन्छन् । यो एउटा तरल पदार्थ हो जुन रबरको वृक्षबाट प्राप्त हुन्छ ।

दी अमेरिकन एकेडमी अफ एलर्जी अस्थमा एन्ड म्यूनोलोजीका अनुसार रबरमा प्रोटिन भएका कारण केही व्यक्तिहरुमा एलर्जीका लक्षण देखिएको छ । जसकारण चिकित्सकहरुले भरपर्दो कन्डमको प्रयोग गर्न सुझाव पनि दिएका छन् ।  एचआइभी र यौन संक्रमण रोगलाई नियन्त्रण गर्न यसको प्रयोगलाई फाइदाजनक मानिन्छ । तर पनि बाह्य छालालाई पूर्ण  तवरले सुरक्षित राख्न सक्दैन ।

जसले चिलाउने र असर गर्ने खतरा कायमै रहन्छ । एक अध्ययनका अनुसार कन्डमको सहि प्रयोगले ९८ प्रतिशत सुरक्षा प्राप्त हुन्छ । तर गलत प्रयोग हुन गएमा १ सय जना महिला मध्ये १५ जना महिलामा गर्भ रहने जोखिम कायम रहनसक्छ । म्याद गुज्रिएका कन्डमको प्रयोग गल्तीले पनि नगर्न चिकित्सकहरुले सुझाएका छन् ।

कन्डममा पाउडर र लुब्रिकेन्टको प्रयोग गरिएको हुन्छ जसले गर्दा महिलामा गम्भिर असर पु¥याउने खतरा हुनसक्छ । अमेरिकी चिकित्सकहरुका अनुसार कन्डममा प्रयोग गरिएको पाउडरले क्यान्सर र बाँझोपनको खतरा समेत हुन्छ ।

–एजेन्सीको सहयोगमा 

 

Last modified on 2018-05-27 06:31:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts