निपा भाइरसबाट भारतमा १४ जना संक्रमित भएको पुष्टि, संक्रमितमध्ये १२ जनाको मृत्यु 



Download our app to get more features

बीबीसी,१३ जेठ । दक्षिण भारतीय राज्य केरलामा हालसम्म दुर्लभ निपा भाइरसबाट १४ जना संक्रमित भएको पुष्टि भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । संक्रमितमध्ये १२ जनाको मृत्यु भइसकेको छ ।

केरलाका स्वास्थ्य सचिव राजीव सदानन्दनले निपा भाइरस अब नियन्त्रणमा आएको भन्नेमा आफू आशावादी रहेको बीबीसीलाई बताए। दक्षिण भारतीय राज्य केरलामा हालसम्म दुर्लभ निपा भाइरसबाट !४ जना संक्रमित भएको पुष्टी भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्.संक्रमितमध्ये १२ जनाको मृत्यु भइसकेको छ.।

केरलाका स्वास्थ्य सचिव राजीव सदानन्दनले निपा भाइरस अब नियन्त्रणमा आएको भन्नेमा आफु आशावादी रहेको बीबीसीलाई बताए. दक्षिण भारतमा निपा भाइरस फैलिएको यो पहिलो पटक हो ।

विश्वव्यापी विज्ञहरूले निपा भाइरस–प्रतिरोधी खोप ल्याउन प्रयास गरिरहेका छन्। सो संक्रमणको मुख्य कारक भने ’फ्रुट ब्याट’ भनिने चमेराको एकप्रकारको प्रजाति भएको ठानिएको छ । विश्व स्वास्थ्य संगठनले आगामी ठूलो महामारीको सम्भावित कारकका रुपमा सूचीकृत गरेको दश घातक रोगहरूमा निपा भाइरस संक्रमण पनि पर्दछ ।

Last modified on 2018-05-27 12:31:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts