के हो फाइबर ? जानौं फाइबरयुक्त खानाका फाइदाबारे...



Download our app to get more features

वनस्पति तथा सागपातमा पाइने एकप्रकारको कार्वोहाईड्रेटलाई फाइबर वा रेसा भनिन्छ । हाम्रो शरीरले यसलाई टुक्राउन नसक्ने हुनाले यो शरीरभित्र पाचन नभई बाहिर निस्कछ । शरीरको लागि बहुउपयोगी फाइबरले हाम्रो पाचन प्रक्रियालाई स्वस्थ राख्न, रगतमा कोलेस्टेरोल कम गर्न, र क्यान्सर गराउने केहि बस्तुहरुलाई हाम्रो शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ ।

फाईबरका प्रकारः
पानीमा नघुल्ने फाइबरः
यसले हाम्रो शरिरको पाचन प्रक्रियालाई चुस्त राख्न मद्दत गर्नुको साथै कव्जियतबाट बचाउछ ।

पानीमा घुल्ने फाइबर: यसले रगतमा कोलेस्टेरोलको मात्रालाई कम गर्न मद्दत गर्छ ।

फाईबरका श्रोतहरुः

तरकारीः हरियो सागपात, बोडी, सीमी, मटरकोसा, ब्रोकाउली 

अन्नको पुरा भागः गेडागुडीहरु जस्तैः मास, केराउ, चना, बोडी, जौ

फलफुलः स्याउ, केरा 

जमिनमुनी फल्ने फलः गाजर, आलु, मुला

फाइबरका फाइदाहरुः

पाचन प्रणालीः विषेशत पानीमा नघुल्ने फाइबरले खानाको परिमाण वा मात्रा बढाउछ र दिशालाई नरम बनाइ आन्द्राबाट सजिलैसंग बाहिर निकाल्न मद्दत गर्छ । तसर्थ यसले कब्जियत हुनबाट बचाउछ । साथै यसले आन्द्राका विभिन्न समस्याहरु जस्तै डाइभर्टीकुलाइटिस (आन्द्रा सुन्निने), पाइल्स आदिबाट पनि बचाउन भूमिका खेल्छ ।

मुटुरोगः फाइबरयुक्त खानाले रगतमा कोलेस्टेरोलको मात्रा कम गराउन मद्दत गर्छ । कोलेस्टेरोलको मात्रा कम गर्ने हुनाले यसले हर्ट एट्याक, उच्च रक्तचाप लगायतका समस्याहरुबाट बचाउन मद्दत गर्छ ।

मधुमेहः खानाको परिमाण बढाउने हुनाले फाइबरले आन्द्राबाट सुगर शोषिने मात्रालाई कम गर्छ । त्यसैले यसले मधुमेय हुनबाट त बचाउछ नै, यसको रोकथाममा पनि भूमिका खेल्छ ।

क्यान्सरः ठोस प्रामाण नभएपनि विभिन्न अध्ययनहरुका अनुसार फाइबरले केहि हदसम्म तथा ठूलो आन्द्राको क्यान्सर हुनबाट पनि बचाउन मद्दत गर्छ ।

तौल घटाउनः फाइबर आन्द्रामा नटुक्रिने, रगतमा नशोषिने तर खानाको परिमाण भने बढाउने भएकाले यसले आन्द्राबाट रगतमा शोषिने कार्बोहाइड्रेटको मात्रा कम गर्छ र तौल घटाउन मद्दत गर्छ ।

फाइबरको मात्राः 
दैनिक रुपमा तौल र लिंग अनुसार २० देखि ३८ ग्रामसम्म फाइबरले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ  ।

खानामा फाइबर बढाउने उपायः
बिहान ब्रेकफास्टमा फलफूलहरुको मात्रा बढाउने 

खानाको अन्त्यमा गाँजर, काक्रो, मुला आदिको सलाद खाने वानी बसाल्ने 

फलफूलको जुसको सट्टामा फलफूल नै खाने वानी बसाल्ने 

वोक्रा समेत खाना मिल्ने फलफूल र तरकारीहरुको बोक्रा नताछीकन खाने

तरकारीमा फलफुल र गेडागुडीको मात्रा बढाउने

दैनिक रुपमा २ लिटर पानी पिउने 

Last modified on 2018-05-30 07:45:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts