फ्रान्समा एक वर्षमा १० लाखले छाडे चुरोट



Download our app to get more features

बीबीसी,१६ जेठ । नेपालमा सूर्तीजन्य पदार्थमा सरकारले कर बढाइरहेका बेला फ्रान्समा भने धुम्रपान गर्ने व्यक्तिहरुको संख्यामा भारी गिरावट आएको छ । त्याहाँ सन २०१६ देखि १७ सम्मको बीचको अवस्थामा दश लाख भन्दा धेरै मानिसहरुले धुम्रपान त्याग गरेको एक अध्ययनले देखाएको छ ।

पब्लिक हेल्थ फ्रान्सका अनुसार बितेको एक दशकमा यसरी ठूलो जनसंख्याले चुरोट छोडेको यो नै पहिलो घटना हो । अध्ययनका अनुसार फ्रान्सले शुरु गरेको धुम्रपान विरोधी अभियानले चुरोट खानेको संख्यामा कमी आएको हुन सक्ने आँकलन गरेको छ । 

फ्रान्समा गएको वर्षदेखि चुरोट बिडीको विकल्प अपनाउनेहरुलाई पुरस्कृत गरिएको छ । यस सर्वेका अनुसार २०१७ मा १८ देखि ७५ वर्षका  २६.९ प्रतिशत मानिसहरुले धुम्रपान गर्ने गर्दथे । यो भन्दा अघिल्लो वर्ष यसको आँकडा २९.४ प्रतिशत रहेको थियो ।

यो अवधिमा धुम्रपान गर्नेहरुको संख्या १३२ लाखबाट घटेर १२२ लाखमा झरेको छ । फ्रान्सका स्वास्थ्यमन्त्री एगेन्स बुजिनका अनुसार खासगरी कम आय भएका व्यत्तिले धुम्रपान छोडेमा उसलाई पुरस्कृत गर्ने गरिएको छ । 
 

Last modified on 2018-05-30 11:35:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts