बच्चाको कति उमेरमा आमाको दूध छुटाउनु राम्रो ?



Download our app to get more features

बीबीसी,२२ जेठ । आमाको दूध बच्चाका लागि अमृत समान हुने त सबैलाइ थाहा भएकै कुरा हो ।

तर के ५ वर्षसम्म लगातार बच्चालाई दूध खुवाउँदा त्यसले बच्चालाई फाइदा गर्ला त ? ब्रिटेनमा त्याहाँको स्वास्थ्य एजेन्सीले यदि आमा र बच्चा दुवैलाई सहज हुन्छ भने लामो समयसम्म स्तनपान गराउन सकिने बताएको छ । ब्रिटेनको स्वास्थ्य एजेन्सी नेशनल हेल्थ सर्विसले स्तनपान बन्दका लागि कुनै समयसीमा तोकेको छैन् ।

सामान्यतया बच्चा ६ महिनाको हुँदासम्म आमाको दूध मात्रै  र त्यसपछि थप खाना खुवाउन सकिने चिकित्सकहको भनाई छ । विशेषज्ञहरुका अनुसार स्तनपान आमा र बच्चा दुवैका लागि फाइदाजनक हुने गर्दछ । आमाको दूधले बच्चामा संक्रमण हुन पाउँदैन भने बच्चा बिरामी पर्ने खतरा पनि कम हुन्छ । 

आमाको दूध खाएर हुर्केका बच्चामा भविष्यमा मोटोपनको समस्या कम हुने गर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार बच्चालाई कम्तिमा पनि २ वर्षको उमेरसम्म आमाको दूध खुवाउनै पर्दछ र त्यो उमेरभन्दा माथि जतिसम्म सकिन्छ दूध खुवाउँदा त्यसले फाइदा नै पुर्याएको हुन्छ ।

तर रोयल कलेज अफ पेडियाट्रिक्स एण्ड चायल्ड हेल्थसँग सम्बन्धित डा. म्याक्स डेवी भन्छन्–बच्चालाई २ वर्ष भन्दा पछि पनि स्तनपान गराउँदा कति मात्रामा बच्चालाई अतिरिक्त पोषण मिलिरहेको छ भनेर भन्न सकिने अवस्था हुँदैन् । बच्चा २ वर्षको उमेर पुुगेपछि उसले अन्य पोषणयुक्त खानेकुरा पर्याप्त खान र पचाउन सक्ने भएकाले पनि आमाको दूधबाट प्राप्त हुने पोषणले त्यति अर्थ नराख्ने उनको भनाई छ । उनि भन्छन्– स्तनपान नितान्त व्यक्तिगत कुरा हो ।  

ब्रिटेनमा स्तनपानसँग जोडिएका केही तथ्यहरु

  • ब्रिटेनमा करिब ८० प्रतिशत महिलाहरुले बच्चा जन्मेपछि स्तनपान गराउन शुरु त गर्छन् तर धेरेले केही हप्तापछि नै स्तनपान गराउन बन्द गर्दिने गर्छन् । 
  • ६ वर्षको उमेरसम्म मात्र एक तिहाई बच्चाहरुले आमाको दूध खान पाउने सौभाग्य प्राप्त गर्दछन् ।
  • सन २०१६ मा प्रकाशित एक अन्तराष्ट्रिय अध्ययनका अनुसार ब्रिटेनका महिलाहरु विश्वमै कम समय स्तनपान गराउने महिलामा परेका थिए । 
Last modified on 2018-06-05 16:54:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts