सेक्स टोयबाट पनि सर्न सक्छ यौन रोग



Download our app to get more features

काठमाण्डौ,वासुदेव न्यौपाने । ‘तिमी यहि बस्दै गर’ मोटरसाइकलमा खिचापोखरी पुगेका एक जोडि युवायुवतीमध्ये युवकले आफुसँगै आएकी युवतीलाई बाहिर कुराएर कन्डम हाउस भित्र छिरे ।

केही मिनेट कन्डम हाउसको सोरुममा कुराकानी गरेर बाहिर निस्कीए र ईसाराले ति युवतीलाई बोलाए । अफ्ठ्यारो मान्दै ति महिलापनि भित्र पसिन ।

ग्राहकले भनेजस्तो सेक्सटोय ल्याइदिएपछि केही समय सेल्सम्यानसँग कुराकानी गरे । सेक्सटोयको प्रयोग गर्ने तरिकासमेत सेल्सम्यानले सिकाइदिए । भनेजस्तो सेक्सटोय भेटेपछि ती युवक–युवती पसलबाट बाहिरिए । 

बैदेशिक रोजगारीको क्रममा कोरिया जान लागेका ति युवक श्रीमतिको यौन तृष्णा मेटाउन कृत्रिम यौन खेलौना खरिद गर्न आएका रहेछन् ।

रिपोटिड.मा पुगेको हाम्रो डाक्टरले उनिसँग कुरा गर्न खोज्दा अफ्ठ्यारो नमानि भने ‘म त श्रीमतिका लागि सेक्स टोय खरिद गर्न आएको हु, खैरेहरु सेक्स टोयलाई यो मेरो सेक्स पार्टनर हो भनी खुलेर बोल्छन् तर हामी भने यौनकुण्ठा पालेको पाल्यै ।’ सेक्सपार्टनरको अनुपस्थितिमा अन्य जोखिमपूर्ण यौनजन्य क्रियाकलापमा सहभागि हुनुभन्दा यस्ता टोयको प्रयोगबाट चाहेको समयमा प्रयोग गर्न पनि सकियो, कन्डम हाउसमै भेटिएका नुवाकोटका सबिन खनाल २ बर्षअघि सडक दुर्घटनामा परेर शरिरको मेरुदण्ड नै गुमाएपछि हाल ह्वीलचेयरमा छन् ।

ह्वीलचेयर जिवनल शारिरीक निश्क्रियता बढेपछि उनलाई मात्र होइने बैबाहिक यौनजिवनमा निस्क्रियता ल्याएको कारण असर पुगेको उनि बताउछन् । ‘आफ्नो अवस्थाले श्रीमतिले पनि यौन चाहाना दमन गरेर बस्न बाध्य भइन, त्यसैले उनका लागि सेक्स टोय लिन आएको हुँ, सबिनले हाम्रो डाक्टरसँग भने । 

यौनखेलौना पनि समयसँगै जन्मेको त्यो सोच हो, जसलाई यौन आवश्यकताको परिपूर्तिका गर्छ । सेक्सपार्टनरको अभावमा पनि आफुले चाहेको बेला यौनचाहाना पुरा गर्न गराइएको कृत्रिम यौनअंग हो सेक्स टोय । समयसँगै मान्छेको सोच र चाहना पनि बदलिँदै जान्छ, त्यो स्वभाविक पनि हो । यौनखेलौना पनि समयसँगै जन्मेको त्यो सोच हो, जसलाई यौन आवश्यकताको परिपूर्तिका गर्छ ।

सेक्सपार्टनरको अभावमा पनि आफुले चाहेको बेला यौनचाहाना पुरा गर्न गराइएको कृत्रिम यौनअंग हो सेक्स टोय । पछिल्लो समयमा बैदेशिक रोजगारीका कारण विदेशिएकाहरुका आफ्नो सेक्स पार्टनरलाई आफ्नो यौनचाहाना पुरा गर्ने राम्रो उपायका रुपमा सेक्सटोयलाई लिन थालेका कन्डम हाउसका सञ्चालक बिवेक न्यौपालने बताउछन्  सेक्सटोयको प्रयोग एवम् बिक्री वितरण अहिलेसम्म पूर्ण खुलारुपमा नभएको नेपालममा पनि यसको प्रयोगलाई धेरै युवायुवतीले यौनरोग नियन्त्रण र यौनचाहनालाई पूरा गर्ने एक उत्तम वैकल्पिक माध्यमको रुपमा लिने गरेको पाइएको छ ।

अहिलेको समयमा लामो समयसम्म सेक्सपार्टनरको अभावमा मान्छेले गलत कदम चाल्नबाट जोगाउन सेक्सटोयको प्रयोग गर्नु सकारात्मक भएको समाजशास्त्रीहरु बताउछन्  ।

 के हो सोक्सटोय ?

सेक्सको परिभाषामा सन्तानोत्पादनको लागि गरिने क्रीडा मात्र नरहेर रमाइलो, आनन्द र सन्तुष्टिजस्ता शब्द यसको पर्यायवाची बन्दै गइरहेका छन् । सेक्सटोय अर्थात् यौनखेलौना । छोटोमीठो भाषामा भन्नुपर्दा यौनजन्य क्रियाकलापका लागि प्रयोग गरिने कृत्रिम यौनअंग । आफ्नो विपरीत लिंगी (सेक्स पार्टनर) को अभावमा पनि यस्ता कृत्रिम अंगको प्रयोगद्वारा एक्लै सम्भोगको आनन्द यसबाट लिन सकिन्छ ।

यौनआवश्यकतालाई दमन गर्नुभन्दा यौन पार्टनरको गैरहाजिरीमा आफ्नो यौनिक आवश्यकतालाई कृत्रिम तरिकाबाटै भए पनि यसले पूरा गर्ने हुँदा आफ्नो यौनआवश्यकता पूरा नहुँदा हुन सक्ने कुण्ठा, यौनरोग, एचआईभी र मानसिक छटपटीलाई पनि यसले नियन्त्रण गर्ने गरेको यस विषयका विभिन्न अध्ययनहरुमा उल्लेख छ ।

यौनआवश्यकतालाई दमन गर्नुभन्दा यौनखेलौनाको प्रयोग उत्तम हुने बताउँछन् कन्डम हाउस (सेक्सोलोजी सेन्टर) खिचापोखरीका मेनेजिङ डाइरेक्टर युवराज न्यौपाने । उनी भन्छन्– ‘हाम्रो समाजमा पनि यसको प्रयोगकर्ता बढदै छन्, जसले हाम्रै समाजको यौनजीवन शान्त र सभ्य बनाइदिन्छ ।

साथै यसले यौनकर्मीकहाँ धाएर यौनजन्य क्रियाकलाप गर्न बाध्य एक वर्गलाई यौनकर्मीसँगको व्यवहारले हुन सक्ने क्षति जस्तै– यौनरोग, एचआईभीबाट बचाउनसमेत मद्दत गर्छ । अर्को कुरा, आफ्नो आवश्यकता पूरा गर्न बलात्कारजस्तो घिनलाग्दो अपराध गर्नबाट पनि यसले जोगाउँछ ।’ 

विवाहित हुन् या अविवाहित युवायुवतीमा देखिएको सेक्सटोयप्रतिको धारणाले समाजमा कस्तो प्रभाव पर्छ त भन्ने– ‘मर्नुभन्दा बौलाउनै बेस भनेझैँ कि समाजले विवाहअगाडिको यौनसम्पर्कलाई वर्जित भन्ने सोच बदल्नुप¥यो, कि चाहिँ यौनचाहना पूरा गर्न सक्ने वैकल्पिक माध्यमलाई समाजले स्वीकार्न सक्नुप¥यो, यसो भए मात्र केवल एक उद्देश्य पूर्तिका लागि मान्छेबीच हुने सम्झौताले निम्त्याउने अप्ठ्यारो हट्छ, केवल वस्तुसँग मात्र सम्झौता हुन्छ ।

आखिर ती सेक्सटोय पनि त त्यही उद्देश्यका लागि बनेका हुन् ।’ नेपाली समाजको खानपान र वातावरणले किशोरावस्थाबाटै जाग्न थालेको यौनचाहनालाई पूरा गर्न यौनहिंसा, बलात्कारजस्ता आपराधिक क्रियाकलाप बढिरहेको पाइन्छ । यस्ता क्रियाकलापलाई रोक्न सेक्सटोय एक वैकल्पिक माध्यम बन्न सक्छ । यसले समाजमा बढ्ने यौनजन्य अपराध र हिंसामा कमी ल्याउने सरोकारवालाहरु धारणा ब्यक्त गछन् ।

सेक्सटोयको साझा प्रयोग गर्नु नहुने

एकजनाले प्रयोग गरेको सेक्सटोय अर्को व्यक्तिले निर्मलीकरण नगरी प्रयोग गरेमा एक–अर्कामा विभिन्न यौनरोग सर्न सक्ने छाला तथा यौनरोग विशेषज्ञ डा. अनिलकुमार दास बताउछन् ।

एउटा सेक्सटोय एकजनाका लागि मात्रै हुने हुँदा यसको प्रयोगबाट यौनरोग सर्ने डर हुँदैन ।  यौनखेलौना यौनसुख पाउन सहयोगी हुने भए पनि पूर्ण हानिरहित भने नहुन सक्ने हुनाले यसको सावधानी पुर्वक प्रयोग गर्नु आवश्यक भएको डा. दास बताउछन् ।

 सावधानी नअपनाई यसको प्रयोग गरेमा यौनांगमा चोटपटक लाग्न सक्ने हुँदा सचेत हुन जरुरी छ कतिपय यौनखेलौना गुणस्तरहीन पनि हुन सक्छन् । त्यसैले त्यस्ता प्रोडक्ड छान्नुपर्दा उच्च गुणस्तरीय भएका छान्नु आवश्यक भएको डा. दास बताउछन् । 

सेक्सटोयप्रति महिला बढी आकर्षित कन्डम हाउस, न्युरोडका युवराज न्यौपानका अनुसार कन्डम प्रयोग गर्नेहरु पुरुष नै बढी छन् भने सेक्सटोय प्रयोग गर्नेमा चाहँी महिला बढी देखिएका छन् ।

अविवाहित महिला तथा विवाह भए पनि केही समयका लागि वा सदाका लागि एकल जीवन बिताउन बाध्य महिलाले अन्य पुरुषबाट यौनतृप्ति लिन असहज र परम्पराविपरीत हुने हुनाले उनीहरुले सुरक्षित विकल्प भनेको सेक्सटोयको प्रयोग रोज्ने गरेको हुन सक्ने न्यौपाने बताउछन् । महिलालाई चरम आनन्द दिने किसिमका कन्डम तथा सेक्सटोयको माग बढी हुने गरेको न्यौपानेको अनुभव छ । 

महगां पनि छन्

आफ्नो बिक्रीकक्षमा विभिन्न किसिमका कन्डमहरु पाइने भए पनि सेक्सटोयहरुचाहिँ महँगो पर्ने हुनाले पूर्ण शरीर नै भएका ठूला सेक्सटोयहरु राख्न नसकिएको न्यौपाने बताउनुहुन्छ । महिलाका लागि प्रयोग गरिने पुरुष जननेन्द्रिय भएका सेक्सटोयहरुको माग बढी भएको र बढीजसो उच्च घरानाका महिला नै यस्ता सेक्सटोय किन्न आउने गरेको न्यौपानेले बताए । 

एकल पुरुष, एकल महिला, आफ्नो जोडीमध्ये एक जना लामो समयको लागि छुट्टिनुपरेको अवस्थाका व्यक्ति तथा अत्यधिक यौनचाहना भएका व्यक्तिका लागि यस्ता सेक्सटोयहरु उपयोगी हुने गरेका छन् । 

अधबैँसेहरु बढि आउने

सेक्सटोय खरिदका लागि बूढापाका र अधबैंसेहरु नै बढी आउने गरेका सञ्चालक युवराज घिमिरे बताउँछन् । ‘टिनएजका युवायुवती लाज र धकले होला, बुझ्न आउनै अप्ठ्यारो मान्छन् र आइहाले पनि राम्रोसँग सोधपुछ गर्न धक मान्छन् ।’ सञ्चालक घिमिरे भन्छन्, यौनका बारेमा चासो किशोरकिशोरी र युवायुवतीहरुमा बढि भएपनि कण्डम हाउसमा आएरे खुलेर कुरा गर्ने भने अधबैँसे रहेका छन् । 

दिनदिनै माग बढ्दै यसको माग दिन–प्रतिदिन बढ्दै गइरहेको छ खिचापोखरीस्थित कण्डम हाउसका न्यौपाने बताउँछन् ।

‘मानिसमा लाज र यस्ता प्रोडक्स कहाँ पाइन्छ भन्ने थाहा नहुनाले पनि यसको प्रयोगकर्ता अझ सोचेजस्तो हुन सकेको छैनन् त्यसमाथी घरमा लगेर कहाँ लुकाउने भन्ने पनि धेरैलाई भयले चाहेर  किन्न सकिरहेका छैनन् ।‘ उनले भने ’काठमाडौंका मात्र नभई बाहिरी जिल्लाका व्यक्तिहरु पनि खोजी–खोजी आउने गरेका छन् ।

प्रायः एकपटक आएको व्यक्तिले नै अरु ग्राहक लिएर आएको हुन्छ ।‘

 

Last modified on 2018-06-09 09:02:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts