नोबेलले दियो नाक, कान, घाँटीका डाक्टरलाई प्रशिक्षण



Download our app to get more features

विराटनगर, २६ जेठ । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल बिराटनगरमा हिजोदेखि नाक, कान, घाँटी सम्बन्धि चिकित्सकलाई प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

नोबेलको नाक, कान, घाँटी विभागको आयोजनामा दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।नेपाल मेडिकल कलेज, काठमाण्डौं मेडिकल कलेज, मनिपाल शिक्षण अस्पताल लगायत विभिन्न शिक्षण अस्पतालका नाक, कान, घाँटी सम्बन्धि चिकित्सक प्रशिक्षणमा सहभागि छन् । राजधानीसहित नेपालगञ्ज, धरान, लुम्बिनी, वीरगंज लगायत स्थानका करिव ६० जना चिकित्सक प्रशिक्षणमा सहभागि रहेको नोेबेल अस्पतालका डा.मिनाक्षी बस्नेतले जानकारी दिईन् । 

चिकित्सकहरुलाई मलेशियाका प्रोफेसर प्रेयागेरेन, नोबेल शिक्षण अस्पतालका डा.बिनोद फेलिक्स लगायतले शल्यक्रियामा थप क्षमता विकास गर्ने हिसाबले प्रशिक्षण दिईरहेका छन् । लाईभ शल्यक्रिया गरेर प्रशिक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाईएको आयोजकले दाबी गरेको छ ।
 

Last modified on 2018-06-09 10:11:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts