कति अवधिसम्मको यौनसम्पर्क उत्तम ?



Download our app to get more features

एजेन्सी,२६ जेठ । के यौनसम्पर्कको पनि अवधि हुन्छ ? कति अवधिसम्म यौनसम्पर्क गर्नु राम्रो हुन्छ त ? धेरै जसो पुरुषहरु आफ्नो सेक्स समयका बारेमा बढाईचढाई गरेर गफ गरिरहेका हुन्छन् ।

क्यानेडीयन तथा अमेरीकन केही सेक्स थेरापिस्टहरुले यस सम्बन्धमा नयाँ अनुसन्धान गरेका छन् । अध्ययनको नतिजा अनुसार १ देखि २ मिनेट मै यौनसम्पर्क टुङगाउने क्रमलाई धेरै कमसमयको यौनसम्पर्कका रुपमा लिइएको छ । यस्तै ३ देखि ७ मिनेटसम्म लगातार गरिने सेक्स अवधिलाई भने पर्याप्त सेक्स तथा ७ देखि १३ मिनेटसम्मको सेक्स सबैभन्दा उत्तम मानिएको छ ।

यदि कोही जोडी आधा घण्टासम्म सेक्स गर्छन् भने त्यो आवश्यकता भन्दा बढि हुने पनि अध्ययनको निष्र्कष छ । एक विज्ञका अनुसार सेक्सका क्रममा पुरुष आफ्नो पाटर्नरबाट धेरै प्रकारका अपेक्षाहरु राख्ने गर्दछन् । यो हुनुमा पोर्न फिल्म, टिभी तथा अन्य कामुक पुस्तकको प्रभाव कारक रहेको विज्ञहरुको भनाई छ ।

वास्तवमा पोर्न फिल्महरु अत्याधिक रुपमा नाटकी हुन्छन् जसले मानिसको मनमा एक प्रकारको तरंग नै उत्पन्न गराइदिने गर्दछ । वास्तविक यौन जीवन र पोर्न फिल्ममा देखाइने यौनक्रियाकलापका बारेमा कुनै तुलना नै हुन नसक्ने विज्ञहरुको भनाइ छ ।

(नवभारतटाइम्सबाट)

Last modified on 2018-06-10 06:02:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts