न्यून रक्तचाप भए अपनाउनुस् यी घरेलु उपाय...



Download our app to get more features

कतै हामी न्यून र उच्च  रक्तचापको समस्या त झेलिरहेका छैनौं ? जानी राख्नुस् न्यून रक्तचाप हाम्रो शरिरको लागि खतरनाक सावित हुनसक्छ ।

हुनतः यो पछिल्लो समयमा आम समस्याको रुपमा देखापर्दै आएको छ । वातावरण प्रदुषण, असन्तुलित खाना र व्यस्त जीवनशैलीले न्यून र उच्च रक्तचापको सिकार धेरै मानिसहरु बनिरहेका छन् ।

रिगंटा आउनु, कमजोरी महसुश हुनु, शरीरमा कम्पन हुनु, टाउको दुख्नु, हाथ–खुट्टा चिसो हुनु न्यून रक्तचापका लक्षणहरु हुन् । न्यून र उच्च रक्तचापबाट बच्नका लागि बजारमा विभिन्न किसिमका औषधिहरु पनि सजिलै पाउन सकिन्छ । तर, यसबाट बच्नका लागि हामीले घरेलु उपाय पनि अपनाउँन सक्छौं ।

न्यून रक्तचापलाई नियन्त्रण गर्न अनुसन्धानकर्ताले विभिन्न तथ्यहरु पनि पत्ता लगाएका छन् ।

१. न्यून रक्तचापका बिरामीले पौष्टिक खाना खानुपर्छ । पौष्टिक तत्वयुक्त खानाले हाम्रो शरिरलाई रोगसंग लड्ने क्षमता बढाउँछ ।

२. हामीले खाने खानामा लसुनको प्रयोग गर्दा न्यून रक्तचाप भएका बिरामीका लागि अत्यन्त लाभदायक मानिन्छ ।

३. राती खाना खाइसकेपछि छोकडालाई दुधमा उमालेर नियमित खाने ग¥यौं भने न्यून रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ ।

४. न्यून रक्तचाप भएका बिरामीलाई अप्ठ्यारो महसुश हुँदा तुरुन्तै राहत पाउनका लागि पानीमा नुन घोलेर पिउनु फायदाजनक हुन्छ ।

५. गोलभेडाको जुसमा कालो मरिचको धुलो र नुन मिसाएर पिउँदा न्यून रक्तचापमा लाभदायक हुन्छ । 

६. न्यून रक्तचापका बिरामीहरु बिहानको समयमा हरियो घाँसमा खाली खुट्टाले हिँड्नु, योग–प्राणायाम गर्नु, साइकिल चलाउनुलाई अति आवश्यक मानिन्छ ।

 

(आयुर्वेद डा.अमित कर्ण संग गरिएको कुराकानीको आधारमा)
 

Last modified on 2018-06-10 11:32:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts