काटिएको सर्पको टाउकोले डसेपछि ५ दिन अस्पतालको बास



Download our app to get more features

बीबीसी,२७ जेठ । अमेरीकाको टेक्सासमा भएको एक घटेको घटनाले अहिले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा प्राथमिकता पाइरहेको छ ।

त्याहाँ एक जना व्यक्तिलाई दुई टुक्रा पारिएको सर्पले डसेपछि यो समाचार भाइरल बनेको हो । सर्पको विष  शरीरबाट पूर्णरुपमा निकाल्नका लागि ति व्यक्तिलाई औषधिको २६ डोज दिन परेको बीबीसीले उल्लेख गरेको छ ।

जेनेफर सटक्लिफ नाम गरेका ती व्यक्तिले सञ्चारमाध्यमलाई बताउँदै भनेका छन् –म बगैचामा काम गरिरहेको थिए त्यसैबेला मैले चार फूट लामो विषालु सर्प देखें । उनका अनुसार सर्पलाई मार्नका लागि उनले सर्पको टाउको र शरीर छुट्टिने गरि दुई टुक्रा पारिदिए र केहीबेरपछि मरेको सर्प सुरक्षित ठाउँमा फल्न लैजाँदै थिए ठीक त्यसैबेला उनलाई काटिएको सर्पको टाउकोले डसेको थियो ।

सर्पविज्ञका अनुसार सर्प मरेको केही घण्टासम्म पनि उसको टाउको भने जिउँदो नै रहने गर्दछ र मरेको केही घण्टासम्म पनि डस्ने संभावना रहिरहन्छ । जेनिफरलाई काटिएको सर्पले टोकेको केहीबेरमा नै विषको असर देखिन लागेको थियो । उनलाई तुरुन्त एयर लिफ्ट गरेर अस्पताल पुर्याइएको थियो । 


खतरामुक्त
एक हप्ताको अस्पताल बसाईपछि जेनिफर अब खतरामुक्त रहेका छन् । यद्यपी उनको मिर्गौलामा भने केही समस्या अझै रहेको बताइएको छ । युनिर्भसिटी अफ एरिजोनाका डाक्टर लेस्ली बायर भन्छन्–सर्प मार्नेक्रममा 
 सर्पको शिर छिनाउनु सहि काम होइन् । उनका अनुसार सर्पको टाउको छिनाएर मार्नु क्रुरता त हो नै साथै यो तरिका मानिसको लागि पनि खतरनाक हो ।
 
 
 

Last modified on 2018-06-10 14:57:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts