भारतीय पूर्व प्रधानमन्त्री वाजपेयी अस्पताल भर्ना 



Download our app to get more features

काठमाडौं,३० जेठ ।  भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरी अहिले उपचार भइरहेको छ । 

त्रियानब्वे वर्षीय पूर्व प्रधानमन्त्री वाजपेयी बिरामी भएको खबर पाए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कँग्रेस आइका अध्यक्ष राहुल गान्धी लगायतका भारतीय नेताहरूले सोमबार अकस्मात विरामी भई उपचारार्थ अस्पताल भर्ना भएका वाजपेयीलाई अस्पतालमा नै पुगी उनको  शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।  

प्रधानमन्त्री मोदी र गान्धी दुवैजना अस्पतालमा नै पुगेर वाजपेयीको स्वास्थ्य अवस्थाबारे बुझेका थिए । उनीहरुले पूर्वप्रधानमन्त्री वाजपेयीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts