यस्ता छन् आलु खानुका फाइदा

लबणका कारण हड्डीलाई फाइदा



Download our app to get more features

आलुमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट पाईन्छ भन्ने हामी सबैलाई थाहा भएकै कुरा हो । कार्बोहाईड्रेटको सबैभन्दा उत्तम स्रोतको रुपमा आलुलाई लिइन्छ ।

तर,आलुमा कार्बोहाइड्रेट मात्रै पाइदैन यसमा मानव शरीरका लागि आवश्यक अन्य तत्वहरू पनि प्रशस्त पाइन्छ । धेरै मानिसमा आलु खाए मोटाइन्छ भन्ने एक प्रकारको भ्रम छ । वास्तविकता भने अलि फरक छ ।

आलुमात्रै होइन जुनसुकै कुरा पनि धेरै खाए स्वास्थ्यका लागि हानिकारक हुन्छ । आलुमा हाम्रो स्वास्थ्यको लागि आवश्यक धेरै पौष्टिक तत्वहरू हुन्छन् । हालै गरिएको एक अध्ययन अनुसार, आलुमा केहीयस्ता भिटामीन पाइन्छ, जुन शरीरको सम्पूर्ण विकासमा अत्यावश्यक हुन्छ । भिटामीन बी, भिटामीन बी६ र भिटामिन सी, क्याल्सियम, जिंक, फस्फोरस र म्याग्नेसियम लगायत तत्व आलुमा भरपुर पाइन्छ ।

जानौं आलु खानुको फाइदा : —

नियमित रूपले खादा उच्च रक्तचाप नियन्त्रणमा रहन्छ ।

—आलुमा पाइने सम्पूर्ण लबणका कारण हड्डीलाई फाइदा हुन्छ । यसले हड्डी बलियो बनाई राख्नुका साथै सही संरचनामा राख्न मद्दत गर्छ ।

  –बलियो मांंसपेसीकालागिआलुको सेवनआवश्यक छ । व्यायामपछिआलु सेवन गरे यसमा पाइने कार्बोहाइड्रेटले शरीरलाई छिटो ऊर्जा दिने काम गर्छ । 

–आलुमा पर्याप्त मात्रामा डाइट्री फाइबर पाईन्छ । जसले कोलेस्ट्रोलको मात्रालाई बढ्न दिदैँन ।

— स्वस्थ छालाका लागि पनि आलुले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।आलुमा पाईने भिटामीन सीले ‘डार्क सर्कल’लाई हटाउन मद्दत गर्छ र कार्बोहाइड्रेटले मांसपेसीलाई कसिलो बनाउनमा मद्दत गर्छ ।  (

एजेन्सीको सहयोगमा)  



 

Last modified on 2018-06-14 08:43:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts