यस्ता छन् यौन जीवनका साझा समस्या



Download our app to get more features

एजेन्सी,२ असार । हरेक जोडीको जीन्दगीमा कुनै न कुनै दिन यौंनसँग जोडिएका विषयमा सहमति नजुटेको समय आउँछ नै आउँछ ।

कयौंपल्ट त सेक्सका विषमा जोडीबीच झगडा परेर बोली बाराबारको स्थिती पनि आउने गर्दछ । बेडरुमको यो मुद्दाले दैनिक जीवनयापनमा समेत असर गर्न बेर लाग्दैन् । यौनविज्ञका अनुसार धेरैजसो सेक्ससँग जोडिएका समस्याहरु ननसेक्सुअल अर्थात अन्य अझमदारीका कारण हुने गर्दछन् ।

यौनविज्ञहरुका अनुसार लामो समयसम्म रिलेसनमा रहेका प्रेमी प्रेमिका वा पति पत्नीमा यस्ता समस्या बढि देखिने गर्दछन् । यहाँ यौंन जीन्दगीका केही साझा समस्याका बारेमा चर्चा गरिएको छ ।

अलग अलग सेक्स ड्राइभ

यो समस्या कुनैपनि यौनसम्बन्धमा लामो समयसम्म असर गर्ने समस्या हो ।  उदाहरणका लागि तपाईँको यौनम्पर्क गर्ने अवधि पार्टनरको भन्दा धेरै लामो छ वा तपाई धेरै नै सेक्समा रुची राख्नुहुन्छ तर पार्टनरको त्यति रुची छैन् र उसले खासै वास्ता पनि गदैन् भने यस्तो हुनु भनेको जोडीबीचको समस्या शुरु हुनु हो । 

अगाडि बढेर पहल नगर्नु
खासगरी भर्खर भर्खर यौनजीवनको यात्रा शुरु गरेका जोडीमा यो समस्या बढि देखिने गर्दछ । आपसी कुराकानीको कमी अथवा सदियौंदेखि चलिआएको मानसिकताका कारण पनि यो समस्या उत्पन्न हुने र लामो समयसम्म लम्बिने गर्छ । खासगरी कुन पाटर्नरले कति पटक र कुन समयमा सेक्सका लागि पहल गर्नुपर्छ भन्ने बारेमा दुईजनाबीच कुराकानी नहुने कारणले पनि यो समस्या देखिने गर्छ ।

दुवैले एक अर्काको मनको भावना बुझेर सेक्सका लागि पहल नगर्दै जाँदा भविष्यमा यहि नै ठूलो समस्याका रुपमा खडा हुने र जीन्दगीका अरु कार्यमा पनि असर पुर्याउने हुन सक्छ ।

कस्तो छ तपाईको एटिट्युड

सेक्सप्रति दुवै पाटर्नरले हेर्ने दृष्ट्रिकोण कस्तो छ यसले पनि यौनजीवनमा धेरे अर्थ राख्ने गर्छ ।उदाहरणका लागि हुन सक्छ तपाई सेक्समा केही नयाँपन गर्न चाहनुहुन्छ वा केही नयाँ तरिकाबाट रोमान्चित हुन खोज्नुहुन्छ तर तपाईको पार्टनर मात्र यौनउत्तेजनामा केन्दित हुन्छ उसलाई अरु रोमान्टिक क्रियाकलाप मन पर्देन भने पनि उत्तम यौनजीवनको समस्या त्यहिबाट शुरु हुने गर्छ।

भ्रमंले समस्या
धेरैजसो जोडीहरुमा सेक्सलाई लिएर अनेकन भ्रमंहरु विद्यमान रहेका हुन्छन् । उदाहरणका लागि एक जना ओरल सेक्सका लागि कोशिस गर्ने तर अर्कोको मनमा यस सेक्सका बारेमा अनेकन भ्रमं तथा डर कायम छ भने पनि जोडि जम्दैन् । यति मात्र नभएर महिनावारी भएको बेला कुनै एक जना सेक्स गर्न इच्छुक हुन्छ र अर्को भने यसलाई ठाडै अस्विकार गर्दछ भने पनि यसले उत्तम यौनजीवनका लागि बाधा पुर्याइदिन सक्छ । (नवभारत टाइम्सबाट)

Last modified on 2018-06-16 17:39:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts