वर्षाका कारण स्वास्थ्य केन्द्र ध्वस्त भएपछि बालबालिकाको अवस्था नाजुक



Download our app to get more features

संयुक्त राष्ट्रसंघ, २असार । बङ्गलादेशको कोक्स बजारमा हजारौँको सङ्ख्यामा रहेका बालबालिकाको अवस्था झनै नाजुक बन्दै गएका समाचारहरु आउन थालेका छ

उनीहरुको स्वास्थ्य र सुरक्षा खतरामा पर्न लागेको अधिकारीहरुले जनाएका छन् । केही दिनयता बङ्गलादेशमा सुरु भएको मनशुनी वर्षाका कारण यस्तो अवस्था देखिएको उनीहरुको भनाई छ । कडा रुपमा आएको हावा र अविरल वर्षाका कारण ती बालबालिकाको स्वास्थ्य मा नारम्रोसँग प्रभाव परेको संयुक्त राष्ट्रसंघको प्रवक्ताले बताएका छन् ।
स्वास्थ्य अधिकारीहरुले पानीजन्य रोगहरुको प्रकोप फैलिन सक्ने भन्दै यहाँका अधिकारीहरुको ध्यानाकर्षण गराएको बताइएको छ । 

म्यानमारका ती रोहिङ्ग्या शरणार्थीका बालबकालिकामध्ये सबैजसोको अवस्था जोखिममा रहेको पाइएको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) का प्रवक्ता फर्हान हकले समाचार दाताहरुलाई जानकारी दिए ।अविरल वर्षाको कारण करिब ९ सय शरणार्थी शिविर, १५ वटा खानेपानी लाइन, युनिसेफले सहयोग गर्दै आएको दुई वटा खाना वितरण केन्द्र लगायत स्वास्थ्य केन्द्र ध्वस्त भएको बताइएको छ । 

गत वर्षको अगस्तबाट म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वको कारण करिब ७ लाख म्यानमारका शरणार्थी बङ्गलादेशको कोक्स बजार पुगेका छन् ।ती मध्ये अझै पनि ६ लाख ७० हजार बङ्गलादेशको कोक्स बजारमा नै रहेका छन् । प्रायः शरणार्थीहरु पहाडी इलाकामा रहेको कुतुपालोङ शिवीरमा बसेका छन् । रासस

Last modified on 2018-06-16 11:13:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts