घरमा सुत्केरी छन्? यस्ता छन् सुत्केरी हेरचाहका ९ टिप्स



Download our app to get more features

सुत्केरी अवस्था निकै संवेदनशिल अवस्था हो । यो अवस्थामा उचित हेरचाह र खानपिन भएन भने दिर्घकालिन रोग पनि लाग्न स्क्छन् । सुत्केरीको हेरचाहका लागि यसो गरौंः

१) सुत्केरी भए लगत्तै आमाको पाठेघरको मालिस गर्नुपर्दछ । यो बेला मालिस गर्दा पाठेघर खुम्चिन सहयोग गर्दछ । पाठेघर खुकुलो हुँदा आङ खस्ने समस्या देखिन सक्ने भएकाले मालिस गर्नु आवश्यक छ । 

२) सुत्केरी भएको केही समयभित्रै हात र स्तनको मुन्टा सफा गरेर आमाले बच्चालाई दूध चुसाउनुपर्दछ । समयमै स्तनपान नगराउँदा अक्सिटोनिस हर्मोन बाहिर निस्किन्छ । यसले  निरन्तर बच्चालाई दूध चुसाउन सहज हुन्छ र पाठेघर खुम्चिन पनि मद्दत मिल्छ । दिनमा  २ घण्टा अथवा शिशुको आवश्यकता अनुसार स्तनपान गराउनुपर्छ । 

३) बच्चालाई न्यानो बनाएर राख्नुपर्छ । तर, हिटर र आगोजस्ता बढी तापक्रम भने  निरन्तर राख्नुहुदैन । यसोगर्दा बच्चाको शरीरमा पानीको मात्रा कम भई नकारात्मक समस्या निम्ताउने खतरा रहन्छ । साथै तोरीको तेलले शिशुुको मालिस गर्नु हुँदैन ।

४) सुत्केरी भएपछि साविकभन्दा बढी पौष्टिक तत्वयुक्त खानेकुरा खानुपर्छ । सुत्केरी आमाले तातो झोल पदार्थ, पौष्टिक तत्वयुक्त खानेकुरा बढी खानुपर्छ । 

५) यो समयमा सामान्यतया दिनमा दुई र रातमा करिब १० घण्टासम्म आराम गर्न जरुरी हुन्छ । 

६) स्वास्थ्यकर्मीको सल्लाह अनुसार योनिको  किगल एक्सरसाइज गर्नुपर्छ । यो एक्सरसाइज हिँड्दा, उठ्दा, बस्दा वा सुत्दा जुनसुकै अवस्थामा पनि गर्न सकिन्छ । सुत्केरी अवधी अर्थात ६ हप्तासम्म यो एक्सरसाइज आवश्यक पर्छ । सुत्केरी भएको  २४ घण्टामा  पहिलोपटक, ७२ घण्टाभित्र दोस्रो र सातदेखि ४२ दिनभित्र अनिवार्य स्वास्थ्य जाँच  गराउनुपर्छ । 

७) सुत्केरी आमाले  स्तनको हेरविचार पनि उत्तिकै गर्नुपर्छ । स्तनको मुन्टा फुटेको, दबेको, गानिएको जस्ता समस्या देखिए तुरुन्तै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ । 

८) सुत्केरी भएको ६ हप्तासम्म गह्रौं सामान उठाउन हुदैन् । यसले पाठेघर खस्ने लगायतका  समस्या हुन सक्दछ । आमाले पिसाब पनि रोकेर राख्न हुदैन । पिसाब रोकेर राख्दा मुत्रप्रणालीमा असर गर्दछ । 

९) सुत्केरी अवस्थामा संक्रमणको ठूलो खतरा रहन्छ । आमाले प्रत्येक चारदेखि ६ घण्टामा योनिप्याड बदल्न जरुरी हुन्छ । 

 

Last modified on 2018-06-18 15:33:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts