न्युजल्याण्डकी प्रधानमन्त्रीलाई पुत्रीलाभ, प्रधानमन्त्री भएकै बेला सन्तान जन्माउनेमा बनिन् दोस्रो महिला



Download our app to get more features

औक्ल्याण्ड, ८ असार ।  न्युजल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डेनले हिजो नवशिशुलाई जन्म दिएकी छिन् । उनलाई पुत्रीलाभ भएको छ । प्रधानमन्त्री भएकै बेला सन्तान जन्माउनेमा उनी विश्वको दोस्रो महिला प्रधानमन्त्री हुन् । 
उनको यो पहिलो सन्तान हो । प्रधानमन्त्री आर्डेन अहिले ३७ बर्षकी भइन् । भने उनका श्रीमान् क्लार्क गायफोर्ड ४० बर्षका छन् । 

उनीहरुले जन्माएको बच्चाको तौल ३.३ किलोग्राम रहेको अस्पतालका अधिकारीहरूले जानकारी दिएका छन् । “निश्चय नै बाबुआमा हुदाँ सिर्जना हुने उत्साह हामीले अहिले महसुस गरेका छौं, तर यही बेला हामीप्रति शभेच्छा प्रकट गर्ने हाम्रा आफन्तजन तथा शुभेच्छुकहरुप्रति पनि हामी कृतज्ञ छौ,” आर्डेनले भनेका छन् । 
एनले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत् आफ्नो बच्चा स्वस्थ रहेको र राम्रो भइरहेको बताएकी छिन् । 

“राम्रो सेवा प्रदान गरेकोमा हामीले औकल्याण्ड सिटी अस्पतालको टोलीलाई विषेश धन्यवाद दिन चहान्छौं,” उनले भनेकी छिन् ।रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts