के उमेरसँगै यौनइच्छा पनि घट्दै जान्छ ?



Download our app to get more features

एजेन्सी,९ असार । यौन र शारीरिक सम्बन्धसँग जोडिएका कयौं किस्साहरु वास्तवमा मिथ्यामा गएर टुङिगएका हुन्छन् । सेक्स विशेषज्ञ डाक्टर निक्की गोल्डस्टीनले सेक्ससँग जोडिएका यस्तै धेरै मिथ्याहरुलाई हटाउने प्रयास गरेका छन् । यहाँ सोहि विषयमा चर्चा गरिएको छ ।

१. यौन सन्तुष्टिमा सेक्स अवधिले अर्थ राख्छ 
के यौनसम्पर्क गर्दा धेरै समयसम्म गर्नु उत्तम हो ? डाक्टर निक्कीका अनुसार यौनसम्पर्कको अवधिले कसै कसैको जीवनमा अर्थ राखेपनि सबैको जीवनमा भने अर्थ राख्नदैन् । एक सर्वेमा ७५ प्रतिशत पुरुषले सेक्सको अवधिले कही कतै अर्थ राख्ने बतएका थिए र सर्वेमा ४३.२ प्रतिशत महिलाले पनि यौनसम्पर्कको अवधिले सेक्सजीवनमा प्रभाव पार्ने स्विकार गरेका थिए । तर कतिपय मानिसहरुलाई भने सेक्सको अवधिले भन्दा अन्य यौनक्रियाकलापले जीवनमा महत्व राख्ने बताएका थिए । अध्ययनका क्रममा ४९.२ प्रतिशत महिलाले सेक्सका क्रममा सेक्स भन्दा धेरै मुख मैथुन जस्ता चीजले आफुलाई आनन्द दिलाउने बताएका थिए ।

२. पोर्न फिल्ममा देखाइने चीज नै उत्कृट हो
अधिकतम मानिसमा यो भ्रम छ की पोर्न फिल्ममा जे देखाइन्छ त्यो नै वास्तवमा सत्य हो । कतिपटक त यसलाई वास्तविक जीवनमा पछ्याउने कोशिस समेत गर्ने गरिन्छ । तर डा. निक्की भनिछन्–स्क्रिनमा पोर्नस्टारहरुले धेरै समयसम्म फरक–फरक प्रकारले यौनसम्पर्क गरेको देखाइन्छ, तर वास्तविक जीवनमा तिनै स्क्रिनमा देखिएका पात्रले समेत त्यसरी सेक्स गर्न सक्दैनन् ।

३. महिलामा पुरुषमाजति सेक्स भावना हुदैन्
यो यसकारण भनिने गरिन्छ की महिलाहरुलाई सेक्स मूडमा ल्याउन अलि समय लाग्ने गर्छ । यसकारण पनि महिला भन्दा पुरुष सेक्समा बढि रुचि राख्ने जस्तो बुझ्ने गरिन्छ । वास्तवमा यो गलत धारणा हो । सत्य त हो हो की महिलाले आफ्नो यौनइच्छालाई समाजको अगाडि दबाएर राख्ने गर्दछन् ।

४.महिलामा सेक्सको इच्छा उत्पन्न गराइदिने काम पुरुषको हो?
३१ प्रतिशत पुरुष यो मान्छन् की महिलाहरुलाई सेक्सका लागि राजी बनाउने काम कठिनको काम हो । तर सेक्सका लागि महिलालाई मनाउने काम पुरुषको मात्र होइन् । महिलाले पनि सेक्सका लागि अपिल गरिरहेका हुन्छन् त्यो बुझ्न  नसकिएको मात्र हो ।

५. एक सीमापछि यौनइच्छा हराएर जाने गर्छ । 
समाजमा यस्ता मान्यता व्याप्त रहेका छन् की निश्चित अवधि तथा निश्चित उमेरपछि यौनइच्छा हराउँदै जाने गर्छ । चरम उत्कर्षमा पुगेपछि यौनइच्छा पनि हट्दै जान्छ भन्ने धारणा पनि गलत रहेको चिकित्सकहरु बताउँछन् । सेक्स विशेषज्ञका अनुसार चरम उत्कर्षपछि सेक्स चाहना घट्दै जान्छ भन्नु गलत हो । यसैगरी उमेर बढ्दै जाँदा यौनइच्छा घट्दै जादैन् बरु झनै परिपक्क र उत्तम सेक्स हुदै जान्छ । बुढेसकालमा यौवनकालमा जसरी जोडतोड शक्तिका साथ यौनक्रियाकलाप गर्न नसकिएपनि सेक्सपछिको सन्तुष्टि जवानीको भन्दा पनि मिठो हुने विशेषज्ञहरुको भनाई छ । (नवभारत टाइम्सबाट)
 

Last modified on 2018-06-24 09:01:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts