तनाव नियन्त्रण गर्ने आयुर्वेदिक उपचार 



Download our app to get more features


तनाव हाम्रो शरीरमा हुने एक सामान्य प्रक्रिया हो । जब हामी कुनै संकटमा हुन्छौं तब हाम्रो मानसीक सन्तुलन बिग्रन्छ र हामी थकान, रिस र खानामा अरुची हुने र एक्लै बस्न मन लाग्छ । तनावसंग जोडिएको चुनौतिको सामना पनि एक हदमा पुगेपछि त्यही तनाबले शरीरिक स्वास्थ्यमा गम्भीर प्रकारका समस्या निम्त्याउँछ । 

तनाव कम गर्न आयुर्वेद उपचार पद्धतिमा पनि विधिहरु छन् । मानसिक, भावनात्मक र शारीरिक लगायत अलग अलग किसिमका तनाबलाई अलग अलग प्रकारले उपचार गर्नुपर्ने आयुर्वेदमा उल्लेख छ ।
आयुर्वेदका अनुसार मानसिक तनाव मस्तिष्कको चाहिने भन्दा बढि प्रयोग र दुरुपयोग गर्या भने हुन्छ ।

यदि तपाईं धेरै समय आवश्यक भन्दा बढि कम्प्युटरमा बस्नु भयो भने मानसिक कार्य क्षमता, शक्ति र मस्तिष्कसँग जोडिएको प्राणवायु तत्वमा असन्तुलन पैदा हुन्छ । 

के के हुन् तनावका लक्षण ?
 

मानसिक लक्षण

स्मरणशक्तिमा समस्या
एकाग्रतामा कमी
कुनै कुरा ठम्याउन समस्या
नकरात्मक सोचमा वृद्धि
निरन्तर चिन्ता
भावनात्मक लक्षण

व्यवहारमा परिवर्तन

छटपटी  र अनियन्त्रित रिस
बेचैनी र विश्राम गर्न नसक्ने
सँधै हारेको अनुभव
एक्लोपनको महशुस
डिप्रेसन वा वितृष्णा बढ्नु
शारीरिक लक्षण

पिडा वा दुखाईको अनुभव

कब्जियतको समस्या
चक्कर वा कमजोर महशुस
यौन रुची घट्नु
निरन्तर चिसो लाग्नु
खानामा अरुची तथा खाएको कुरा अपच हुनु
मुटुको चाल बढिरहनु

स्वभावसंग जोडिएको लक्षण

आवश्यकभन्दा कम की बढि खाने र सुत्ने ।
अरुसंग धेरै नबोल्ने र बोलेमा अनाबश्यक झर्किने । 
आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने ।
आरामको लागी मदिरा, चुरोट या अन्य नशालु पदार्थको सहारा लिने ।
कसरी छुटकारा पाउने ?

नकरात्मक सोचलाई त्याग्नुहोस्
मदिरा, चुरोट या अन्य नशालु पदार्थको सहारा नलिनुहोस्
ठुला ठुला निर्णय नगर्नुस र अरुसँग सल्लाह माग्नुहोस्
दैनिक कम्तिमा ८ घण्टा सुत्नुहोस्
रातको १० बजे अगाडी निदाउने प्रयास गर्नुस् ।
के के आयुर्वेदिक औषधि सेवन गर्ने त ?

दैनिक गाईको तातो दुधमा कम्तिमा ५ दाना बदाम मिलाएर पिउनुुस् वा मह र १ ग्राम कालो मरिच घोलेर दैनिक २ पटक पिउनुस् ।
निधारमा नीमको पात वा अदुवासंग दुध मिसाएर बनाइएको लेप लगाएर कम्तिमा १ घण्टा दैनिक उत्तानो परेर निदाउनुस् ।
क्षीरबाला तेल, धन्वन्तरी तेल वा नरिवलको तेलले पुरै शरीर मालिस गर्नुस् ।
दैनिक खानासंग लस्सीमा ग्लुकोज मिसाएर पिउनुस् ।
तनाव बढेको महशुस गर्नुभयो भने अंध्यारो कोठामा गएर करिब आधा घण्टा विश्राम गर्नुस ।
तपाईं तनाव कम गर्न आजै देखि आफ्नो खानपान र दैनिक अभ्यास माथि भने अनुसार गर्नुस् । यदि संधै तनावलाई बोकेर हिंड्नुभयो भने मुटु रोग, पेप्टिक अल्सर, क्यान्सर  लगायत गम्भीर प्रकारको मानसिक रोगले तपाइँलाई सताउने निश्चित छ ।

Last modified on 2018-06-28 20:41:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts