दही च्यूरा खानुका यस्ता छन् फाइदा...



Download our app to get more features


काठमाडौं, १५ असार । आज असार १५ अर्थात दही च्यूरा खाने दिन । परम्परादेखि संस्कृतिको रुपमा रहेको दहि च्यूरा खाने दिनमा आज सबैले आ आफ्नो दिनको सुरुवात दही च्यूरा खाएर गर्नेछन् । 

संस्कृतिको रुपमा रहेपनि दहि च्यूरा हाम्रो स्वास्थ्यको लागि पनि धेरै नै फाइदाजनक मानिन्छ । दही स्वास्थ्यको लागि फाइदाजनक हो भन्ने सबैलाई थाहा छ । साथै च्यूरा पनि हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हो । 

दही र च्यूरामा हाम्रो शरिरमा चाहिने आवश्यक पोषक तत्वहरु पर्याप्त मात्रामा पाईन्छ । दहीमा भिटामिन भिटामिन बी २, बी १२, क्याल्सियम, म्याग्नेसियम, पोटासियम जस्ता तत्वहरु पाइन्छ । त्यसका साथै दहीमा शरिर चिसो राख्ने एक प्रकारको इन्जाइम पनि पाइन्छ । दहीको नियमित सेवनले हड्डि कमजोर हुने समस्यालाई कम गर्छ अर्थात दहीमा पाइने क्याल्सियमले हड्डिलाई बलियो बनाउने काम गर्छ । त्यस्तै दहीको सेवनले पाचन प्रणाली पनि राम्रो हुन्छ । यसैगरी दहीमा शरीरलाई चाहिने विशेष प्रकारको ल्याक्टो ब्यासिलस नामक व्याक्टेरिया पाउँछ । जसले शरिरमा रोग सँग लड्ने रोग प्रतिरोधात्मक क्षमतलाई बढाउँछ । यस्तै दहीको नियमित सेवनले रक्तचापलाई पनि नियन्त्रणमा राख्छ । किनकी दहीमा न्यून मात्रामा बोसो र चिनीको मात्रा पनि न्यून हुन्छ ।

दहीको नियमित सेवनले ठूलो आन्द्राको क्यान्सरको समस्याबाट जोगाउँछ, ग्यास्ट्रिकको समस्यामा राहत दिलाउने, अल्सर जस्तो समस्या हुनबाट पनि जोगाउँछ । 

दही स्वास्थ्यको साथ साथै सौन्दर्यताको लागि पनि निकै उपयोगि मानिन्छ । दहीको फेस प्याकले तपाईंको अनुहारलाई चम्किलो बनाउनुका साथै अनुहारमा भएका डन्डिफोरलाई पनि कम गर्नमा मद्दत गर्छ । साथै दहीको प्रयोगले कपालमा चायाँको समस्या छ भने त्यसको लागि पनि फाइदाजनक हुन्छ ।

त्यसैगरी च्यूरामा पनि विभिन्न प्रकारका शरीरलाई चाहिने पोषक तत्वहरु पाइन्छ । च्यूरामा आइरन, कार्बोहाइड्रेट, क्याल्सियम, भिटामिन बी र प्रोटिन पाइन्छ । च्यूरा अन्य खाद्य पदार्थ भन्दा अलि बढि हेभ्वी हुन्छ । अर्थात च्यूराको सेवन गर्नाले भोक छिनछिनमै भोक लाग्ने समस्यालाई कम गर्छ । जसले तपाईंको मोटोपनको समस्यामा राहत दिलाउँछ । च्यूरामा कार्बोहाइड्रेट पाइने हुनाले भात खाइराख्न जरुरी हुदैन । च्यूराले शरिरमा तुरुन्त शक्ति प्रदान गर्छ । 

दही च्यूरा सँगै सेवन गर्नाले शरीरलाई चाहिने आवश्यक पोषक तत्व सजिलै प्राप्त हुन्छ । किनकी दही च्यूराको सँगै सेवनले शरीरलाई चाहिने सम्पूर्ण पोषक पदार्थहरु एकसाथ पुर्ती हुन्छ र यसले रोगबाट लड्ने क्षमतामा विकास गरी शरीरलाई स्वस्थ राख्छ ।

Last modified on 2018-07-01 07:58:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts