व्यस्त हुनुहुन्छ, अफिसमै गर्नुस् यसरी योग अभ्यास !



Download our app to get more features

मानिसको बेफुर्सदी जीवनले शारीरिक व्यायाम गर्न पनि समय अभाव भएको हुन्छ । यस्तो अवस्थामा कार्यालयमा बसेरै योग  गर्न सकिन्छ । फुर्सदको समयमा कार्यालय समयमै पनि योगका यी आसनहरु सजिलो तरिकाले गर्न सकिन्छ । यदि तपाईं अफिसका कामले फुर्सद पाउनु हुन्न र शारीरिक व्यायाम गर्न भ्याउन हुन्न भने यी योगा अभ्यासले तपाईलाई दैनिक जीवनमा स्वस्थ रहन मद्दत गर्दछ । अफिस कोठाको साँघुरो ठाउँमा यी योगा अभ्यास गर्न सकिन्छ । यसले तपाईको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्दछ । यो योगा अभ्यासले कार्यालय समयमा तनाववाट मुुक्त हुन सहयोग गर्दछ  । 

१. हत्केला निरन्तर चलाउनुः अफिसमा काम गर्नु अघि हत्केलालाई घुमाएर निरन्तर चलाउनु हात दुख्ने समस्या हट्न जान्छ । सुरुमा औला र हत्केलालाई तस्वीरमा देखाएझै उल्टोगरी अर्को हातले तान्नुपर्दछ । यसरी पाँच पटकसम्म अभ्यास गर्नु पर्दछ । दुबै हातलाई जोडले कसिएर एवंम प्रकारले हत्केला उल्टो आफ्नो छाटीतिर तान्दै पाँचपटकसम्म गर्नाले काम गर्दा हात दुख्ने समस्या हुदैन । 

२. घाँटीको आसनः श्वास भित्र तान्दै घाँटीलाई शरीरको दाँयातिर घुमाउनु पर्दछ  र यो तपाईको दाँया पाखुरामा टाउकोले छुने प्रयास गर्नुपर्दछ । श्वास बाहिर फाल्दाखेरि घाँटीलाई सीधा राखेर सामान्य अवस्थामा आउनुपर्दछ । यस्तो अवस्थामा घाँटी र ढाडलाई लामो तन्काउने प्रयास गर्नुपर्दछ । यसरी नै शरीरको बाँयातिर पनि टाउकोलाई घुमाएर घाँटीको योगा अभ्यास गर्न सकिन्छ ।

३. काँध घुमाएर गरिने आसन: यसमा हातलाई तःवीरमा देखाएझै पाखुरामा छोएर कुहिनोले जोडेर सास भित्र तान्दै अगाडी र पछाडी साईडमा घुमाउनुपर्दछ । सास बाहिर फाल्ने बेलामा कुहिनालाई तल झार्नुपर्दछ । यस अवःथामा घाँटी र ढाडको पोजिसनलाई ध्यान दिनुपर्दछ ताकि तपाईले सजिलैसंग सास लिन र फ्याक्न सक्छौं । अगाडी र पछाडी गरेर आठ पटकसम्म यसरी योगा अभ्यास गर्नुपर्दछ ।

४. माथिल्लो ढाडको आसनः एउटा हातलाई माथिवाट ढाडतिर र  अर्को हातलाई कम्मरबाट माथितिर लगेर दुईटै हात जोडेर बाँध्नुपर्दछ । यदि दुईटै हातलाई जोड्न गाह्रो छ भने हात जोड्नै पर्छ भन्ने छैन । सजिलोसंगै हात जोडेर औलाहरु मिलाउनुपर्दछ र सास बाहिर फ्याक्दा जोडेको हातलाई स्वतन्त्ररुपमा खुलागर्नुपर्दछ । अन्तमा पाखुरा ३० सेकेण्ड जति हल्लाएर सामान्य अवःथामा आउनुपर्दछ ।

५. पछाडी ढाडको आसनः यो बिरालोजःतै बसेर गरिने आसन हो । दुईटा हातलाई भुईमा राखेर तस्वीरमा जस्तै गरि पोजिसनमा बःनुपर्दछ । सास बाहिर फाल्दा ढाडलाई पछाडीतिर तन्काएर अर्धगोलाकार अवस्थामा घुमाउनुपर्दछ । यसरी नै सास भित्र तान्दाखेरी ढाडलाई अगाडी घुमाएर बस्नुपर्दछ । यसरी सास बाहिर फाल्ने र तान्नेगरी पाँचपटकसम्म ढाडलाई अगाडी र पछाडी तन्काएर योगा अभ्यास गर्न सकिन्छ ।

६.कोणासनः सीधा उभिएर खुट्टालाई फटाएर तस्वीरमा जस्तै सन्तुलित हुदै कुनै भारी उचालेजस्तै गरिन्छ । कम्मरलाई अगाडी घुमाएर दुबै हातले भुईमा छुने प्रयास गर्नुपर्दछ । यदि सम्भव छ भने दुबै हातलाई भुईमा छुने प्रयास गर्नुपर्दछ । कम्मरभन्दा माथिको भाग सीधा राख्ने गर्नुपर्दछ । यो आसन दशदेखि तिस सेकेण्ड सम्म सासलाई ध्यानदिदै गर्नुपर्दछ ।

७.पेटको समस्याको लागि भाषत्रिका प्राणायमः ढाडलाई सीधा गरेर जिउलाई हल्का आँखा चिम्लेर गर्नुपर्दछ । सास भित्र बाहिर गर्दाखेरी नाकवाट सास गएको र आएको महशुस गर्ने गर्नुपर्दछ र पेट फुलकोे र सुकेको ध्यान दिनुपर्दछ । सास भित्र तान्दाखेरी पेट फुल्ने हुन्छ भने सास बाहिर फाल्दाखेरि पेट सुक्ने गर्दछ । सास फेर्दाखेरी को आवाजलाई पनि सुन्ने प्रयास गर्नुपर्दछ । योगा अभ्यास केहीछिन रोकेर फेरि पुन सुरु गर्दै गर्नुपर्दछ र हप्ताको पाँचपटकसम्म यसरी योगा अभ्यास गर्न सकिन्छ ।

८.खुट्टा सुताएर गरिने आसनः जिउलाई हल्कागरि खुट्टा जिउको अगाडी सुताएर बस्नुपर्दछ । यसरी बस्दाखेरि ढाडलाई सीधा गरी हातले खुटाको औला छुने प्रयास गर्नुपर्दछ । यसरी खुट्टालाई हातले समातिराख्दा सास भित्र बाहिरको प्रकिया गर्नुपर्दछ । यसरी तिनदेखि पाँचपटकसम्म गरिसकेपछि सामान्य अवस्थामा आई पुन यही प्रकिया दोहर्याउनुपर्दछ ।

 

एजेन्सीको सहयोगमा 

Last modified on 2018-09-28 10:11:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts