यौनाङ्ग तथा आँखामा हुने ‘क्लामेडिया संक्रमण’ को एण्टिजेन



Download our app to get more features

भर्खरै गरिएको अध्ययनपछि ‘क्लामेडिया संक्रमण’ को एण्टिजेन पत्ता लागेको छ, उक्त एण्टिजेनले संक्रमणको संभावनालाई ९५ प्रतिशत कम गर्दछ । म्याकमास्टर यूनिभर्सिटी, क्यानडाको माइकल जी डेग्रुटी इन्सच्यूट फर इन्फेक्सन डिजिज रिसर्चमा उक्त रोगको एण्टिजेन पत्ता लगाइएको हो ।

बीडी५४८ (BD458) नामक उक्त एण्टिजेनले क्लामेडिया संक्रमणलाई रोक्ने मात्र नभै उत्पादन क्षमतामा आउने सक्ने ह्रास र ट्रकोमा रोगको संभावना समेत कम गर्ने दाबी गरिएको छ । यो एण्टिजेन बीडी५४८ (द्यम्द्धछड) अर्थात क्लामेडिया एण्टिजेन नाकबाट शरीरमा प्रवेश गराईन्छ । 

सहायक खोजकर्ता स्टेभन लियान भन्छन् ‘यसले कुनै प्रकारको पीडा नहुने तथा यसको प्रयोगका लागि बिशेषज्ञको आवाश्यक्ता नपर्ने भएकोले अविकशित तथा विकासउन्मुख मुलुकका लागि प्रभावकारी हुने छ ।’

 के हो त क्लामेडिया संक्रमण ?

सायद तपाईँलाई क्लामेडिया संक्रमणको बारेमा थाहा नहुन सक्छ । क्लामेडिया ट्राकोमाटिस् नामक जीवाणुबाट लाग्ने यो रोग संक्रमित व्यक्तिसँग यौन सम्पर्क गरेमा सर्दछ । सन् २०१३ मा पुरा विश्वमा १४ करोड १० लाख मानिस क्लामेडियाबाट संक्रमित थिए । सन् २०१४ मा अमेरिकामा मात्र १४ लाख मानिस यसको संक्रमण भोग्दै थिए । यो १५ देखि २५ बर्ष समुहमा बिषेशगरी महिलामा यो संक्रमण देखा पर्दछ । सन् २०१३ मा क्लामेडियाबाट ११०० मानिसको मृत्यू भएको थियो । 

तपाईँलाई यो रोग लागेको केही हप्तासम्म कुनै लक्षण देखा पर्दैन, केही हप्तापछि यौनाङ्गबाट तरल पदार्थ बग्ने, पिसाव गर्दा पोल्ने हुन्छ भने पुरुषहरुमा दुईमध्ये एक अण्डकोष सुन्निने र दुख्ने हुन्छ । यो रोगका कारण सन्तान उत्पादनमा ह्रास आउने तथा सन्तान जन्मदाँ अत्याधिक रक्तश्राब तथा सामान्य भन्दा बढी दुखाई हुने साथै मृत सन्तान जन्मने हुन्छ ।

क्लामेडिया यौन सम्पर्क, मुखमैथुन तथा गुदमैथुन र आमाबाट बच्चामा फैलने गर्दछ । पहिलो यौन सम्पर्क र २५ बर्ष मुनी गरिएको यौन सम्पर्कबाट यो रोग सर्ने संभावना ज्यादा रहन्छ । यौन सम्पर्क नगर्नु, यौन सम्पर्क गर्दा कण्डमको प्रयोग गर्नु र संक्रमण नभएको एक जनासँग मात्र यौन सम्पर्क राख्नु यसबाट बच्ने उपायहरु हुन् । 

क्लामेडियाको संक्रमण तपाईँको आखाँमा पनि हुन सक्दछ । सन् १९९५ मा भएको अध्ययनले विश्वमा अन्धोपनको शिकार भएका मध्य १५ प्रतिशत क्लामेडिया संक्रमण अर्थात ट्रकोमाको कारणले भएको देखाएको थियो भने सन् २००२ मा ३ दबमलब ६ प्रतिशत यसका कारण अन्धो भएको तथ्याङ्क आएको थियो ।

अविकसित तथा विकासउन्मुख राष्ट्रहरुमा ट्रकोमाको संक्रमण अझै भेटिने गरेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा क्लामेडियाको आँखाको संक्रमण अर्थात ट्रकोमालाई विश्वबाट निर्मुल पार्ने लक्ष्य राखेको छ । 


(एजेन्सीको सहयोगमा)

Last modified on 2018-07-09 06:16:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts