यी ५ खानेकुरा जस्ले पेनकिलरको काम गर्छ



Download our app to get more features

टाउको दुख्दा, हाडजोर्नी दुख्दा, पहिलो पटक जिम गरेर शरीरका मांशपेसी दुख्दा अनि शरीरमा विभिन्न किसिमका दुखाइहरू हुँदा अधिकांशले पेनकिलर औषधिको प्रयोग गर्छन् । 

तर यो कुरा जान्नु जरुरी हुन्छ कि, त्यस्ता पेनकिलर औषधिहरूले तपाईंको दुखाइ त कम गर्छ, साथसाथै कलेजोलाई सबैभन्दा बढी असर गर्छ । 

त्यसैले पेनकिलर औषधिको अत्याधिक सेवन गर्नुभन्दा निम्न प्रकारका स्वस्थवर्धक अनि प्राकृतिक खानेकुराहरू खानुहोस् । यी खानेकुराहरूले पनि तपाईंको दुखेको शरीरको लागि पेनकिलरको काम गर्छ । 

चेरीः यो सानो, गुलियो अनि मिठो फलले हाम्रो मांशपेसीलाई मर्मत गर्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ । त्यसैले जिम गरेर आएपछि अथवा कुनै भारी काम गरेर आएपछि चेरी वा चेरीको जुस पिउनु सबैभन्दा उचित हुन्छ । साथै यो प्राकृतिक फलले कुनै नकारात्मक साइडइफेक्ट पनि गर्दैन ।

लसुनः शताब्दीऔं देखि नै लसूनलाई आयुर्व्दिक औषधी मानिँदै आएको छ । फेरि यसले पेनकिलरको काम गर्ने कुरा पनि अनुसन्धानबाट पत्ता लागेको छ । छालामा आएको खटिरामा लसुन पिसेर लगाउँदा राहत मिल्दछ भने थोरै तेलमा लसुनलाई फ्राइ गरेर दुखेको हाडजोर्नीमा लगाउँदा पनि धेरै आराम मिल्छ ।

अदुवाः आयुर्वेदका अनुसार, दैनिक खानामा अदुवा मिसाएर खाँदा यसले मांशपेसी तथा जोर्नी दुख्ने समस्यामा कम गर्छ । वैज्ञानिक अनुसन्धानबाट पनि यसले सुन्निएको अनि दुखेको ठाउँको लागि राहत पुर्याउने पत्ता लागेको छ ।

जौः म्याग्नेसियमले भरिएको यो जौले महिलाहरूको महिनावारीमा हुने दुखाइलाई कम गर्छ भने रक्तस्राव भएकोलाई पनि धेरै राहत दिन्छ । जौमा जिंक पनि पाइन्छ जसले महिनावारी भएको बेलामा संक्रमण हुनबाट बचाउँछ ।

अंगुरः ढाड दुख्ने समस्याले सताइरहेको छ भने अंगुर खाने बानी बसाल्नुहोस् । यसमा मेरुदण्ड र ढाडमा रक्तसञ्चार गराउने पौष्टिक तत्व पाइन्छ, जसले ढाडको दुखाइलाई कम गराउँछ ।

 

(वेभ मेडिकल) 

Last modified on 2018-07-14 08:07:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts