नपुंसकताको कारण यो पनि हुनसक्छ...



Download our app to get more features

दिनानुदिन गर्मि बढिरहेको छ । यस्तो समयमा घरबाट बाहिर निस्किदा अधिकांश मानिसले सनस्क्रीनको प्रयोग गर्नेगर्छ । हुन त सनस्क्रीनको प्रयोग धेरै पहिले देखि नै हुँदै आएको छ । हामी सबैलाई लाग्छ कि सनस्क्रीनको प्रयोगले हाम्रो छालालाई सिधा घामको प्रकाशबाट बचाउँछ । तर अब यदि तपाईहरुमा त्यस्तो बानी छ भने आजैदेखि सोच्नुस् । 

भर्खरै गरिएको एक अध्ययन अनुसार सनस्क्रीनको अत्यधिक प्रयोग गर्ने पुरुषमा नपुंसकता हुन सक्ने सम्भावना बढी हुनसक्छ । सनस्क्रीनमा प्रयोग भएको विभिन्न रसायनिक तत्वका कारण पुरुषमा उत्पादन हुने शुक्रकिटलाई नष्ट गर्नुका साथै यौन क्षमतामा पनि ह्रास आउने कुरा अध्ययनले देखाएको छ । यति मात्र होइन, महिलाहरुमा पनि हार्मोन प्रोजेस्टेरान माथि प्रतिकुल प्रभाव पर्ने गर्छ । फलस्वरुप महिलामा भएको स्पोर्मसेल्सको कार्यलाई पनि रोक दिनसक्छ ।

युनिभर्सिटी अफ कोपेनहेगनका नील्स शाक्केबीको अध्ययन अनुसार सनस्क्रीनको प्रयोगले नपुंसकताको सम्भावना बढि देखाएको कारण प्रयोगकर्ताहरुका लागि भविष्यमा चिन्ताको विषय बन्न सक्छ ।

नील्स र उनको टीमले स्वस्थ व्यक्तिमाथि सनस्क्रीनको प्रयोग गरि परिक्षण गरे । त्यसको प्रभाव स्पर्मको समान्य प्रक्रियामा प्रभावित भएको देखियो ।

अनुसन्धानकर्ताहरु भन्छन्–‘ सन्तान उत्पादनका लागि शुक्रकिटको उत्पादन र कार्य सन्तुलन हुनु अति जरुरी कुरा हो । तर सनस्क्रीनमा भएको तत्वले यसलाई प्रत्यक्ष प्रभाव पार्न सक्छ ।’ 

एजेन्सी
 

Last modified on 2018-07-29 06:43:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts