खोकीका बिरामीलाई एन्टिवायोटिक्स प्रयोग नगर्न सुझाव



Download our app to get more features

बीबीसी / खोकीका समस्या भएका बिरामीलाई सुरुमा महबाट बनाइएको घरेलु औषधि वा अन्य सामान्य औषधि दिनुपर्ने सुझाव ब्रिटेनको नयाँ स्वास्थ्य निर्देशिकाले दिएको छ ।

एन्टिबायोटिक्सले खोकी निको पार्न थोरै मात्र मद्दत गर्ने भएकाले चिकित्सकहरुले एन्टिबायोटिक्सको सिफारिस गरिहाल्न नहुने सुझाव दिएका छन् ।

धेरैजसो बिरामीमा दुई वा तीनसाता भित्रै खोकी आफै निको हँुदै जानेगर्छ । एन्टिबायोटिक्सका जथाभावी प्रयोग गर्दा बिरामीलाई एन्टिबायोटिक्सले नछुने समस्या देखापर्छ ।

त्यसैले एन्टिबायोटिक्स प्रतिरोधको समस्या कम गर्न डाक्टरहरुलाई यी नयाँ सुझावहरु दिइएको निर्देशिकामा उल्लेख छ ।

घरेलु उपचार

एन्टिबायाटिक्सको अत्याधिक प्रयोगले कुनै पनि संक्रमणलाई निको हुन कठिन बनाइरहेको छ ।

खोकी र घाँटी दुखाई निको पार्न कागती, अदुवा र मह हालेको तातो पानी खाने घरेलु उपचार छ । ब्रिटेनको न्याशनल इन्स्टिच्युट फर हेल्थ एण्ड कियार एक्सिलेन्स एनआसी र पब्लिक हेल्थ इंग्याण्ड पिएचइले यसका लागी नयाँ निर्देशिका प्रस्ताव गर्दै यो विधिले खोकीको लक्षण सुधार्न मद्दत गर्ने केही सीमित प्रमणहरु रहेको बताएका छन् ।

धेरैजसो खोकीहरु भाइरलका कारण लाग्छ जुन एन्टिबायोटिक्सले निको पार्न सक्दैन ।

आफ्नो ख्याल आफै गरौं मानिसको नाकमा एन्टिबायोटिक्स यसअघिको अनुसन्धानले भने ब्रिटेनका ४५ प्रतिशत डाक्टरले खोकी वा ब्रोन्काइटिसका लागी एन्टिबायोटिक्स सुझाब दिने गरेको देखाएको थियो । पिएचइकी सहायक निर्देशक डाक्टर सुजन हप्किन्सले एन्टिबायोटिक्सले प्रतिरोधी क्षमतामा पुर्याउने असर ठुलो समस्या भएको र यसको प्रयोग घटाउन कदमहरु चाल्न आवश्यक भएको बताएकी छिन् । उनले यो नयाँ निर्देशिकाले डाक्टर एन्टिबायाटिक्स बिरामीलाई सुझाउन कम गर्न र डाक्टरलाई देखाउनुअघि आफ्नो ख्याल आफै गर्न पनि बिरामीलाई प्रेरित गर्ने बताएकी हुन् ।

यद्यपी उतm निर्देशिकाले यदि अन्य गम्भीर रोगहरुको कारण खोकी लागेको भए चाहीँ एन्टिबायोटिक्स आवश्यक पर्न सक्ने बताएका छन् । एकवर्ष भन्दा कम उमेरका बालबालिकालाई भने मह दिनु ठिक मानिँदैन ।

Last modified on 2018-08-28 06:22:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts