सेक्सको समय उत्तेजना बढाउँछ यस्ता आवाजले...



Download our app to get more features

बेडरूममा बन्द कोठा भित्र के हुन्छ ? कुनै कपलले सेक्सको लागि पहिले पहल कसरी गर्छन् ? वा फेरी सेक्सको क्रममा दुई जनाको बीच के कुराकानी हुन्छ ? यी सबको बारेमा जान्नु सजिलो छैन । हालै एक अध्ययन गरियो जसमा मानिस सँग कुराकानी गरेपछि यो जान्ने प्रयास गरियो, की आखिर यस्तो कुन आवाज छ जसले सेक्सको क्रममा उनको उत्तेजना बढाउँछ र यस अध्ययनको नतिजाले तपाईंलाई आश्चर्यमा पार्ने छ ...

कसरी गरियो अध्ययन?
अनलाइन डेटिगं एजेन्सी ससी डेट्सले ५ हजार २४ युजर्सको बीचमा एक सर्वे गर्यो र उनीहरुबाट यो जान्ने प्रयास गरियो आखिर सेक्सको क्रममा उनी के सन्न मन पराउँछन् । डेटिगं एजेन्सी ले विस्तृत अध्ययन गर्यो र मानिसहरुसँग सोध्यो, आखिर त्यो कुन शब्द वा आवाज हो जसको प्रयोग लभमेकिंगको समय गरिन्छ । जसले कपलको सेक्स लाइफ र उत्तेजनात्मक बन्न सक्छ ।

लिस्टको टपमा छ कहराउनु  (Moaning)
सर्वेमा सहभागि ९० प्रतिशत भन्दा बढि पुरुषले भनेका थिए की मोनिंग अर्थात् कराउने आवाजले उनको उत्तेजना बढाउँछ । त्यस्तै ७७ प्रतिशत महिलाले भनेका थिए यदि उनको मेल पार्टनरले मोनिंग  आवाज निकाल्छन् भने उनलाई मन पर्छ र उनको उत्तेजना पनि बढाउँछ ।
 
दोस्रो स्थानमा छ डर्टी टक
सर्वेमा सहभागि ७६ प्रतिशत पुरुष र ७३ प्रतिशत महिलाले स्वीकार गरे की लभमेकिंगको क्रममा  यदि उनको पार्टनरले डर्टी टक गर्छ भने उनलाई राम्रो लाग्छ र उनको उत्तेजना बढ्न थाल्छ । हुन त डर्टी टक सहज छैन किनकी सेक्शुअल फ्रेजेजको मामिलामा एक्सपर्ट बन्नु कठिन नै हुन्छ ।

तेस्रो स्थानमा छ लामो श्वास लिने आवाज
अध्ययनको अनुसार लामो गहिरो श्वास लिनुले पनि एक्साइटमेन्टको संकेत दिन्छ र लामो श्वासको आवाजले ६० प्रतिशत पुरुष र ४५ प्रतिशत महिलालाई सेक्सको क्रममा उत्तेजना महसूस हुन्छ ।

महिलालाई मन पर्छ शान्त
माथि भनिए अनुसारका आवाज बाहेक सेक्सको क्रममा मानिसलाई जुन कुराले उत्तेजीत महसूस हुन्छ त्यो कराउनु, गाली गर्नु र चुप हुनु । तपाईंलाई जानेर अचम्म लाग्न सक्छ की पुरुषको तुलनामा महिलालाई चुप हुनु वा शान्त रहनु बढि मन पर्छ ।
 
यो आवाजले खत्म हुन्छ उत्साह
सर्वेमा सहभागि भएकाहरुसाग यो पनि सोधिएको थियो आखिर त्यो कुन आवाज हो जसलाई सेक्सका बेला सुनेर सेक्सको उत्साह र उत्तेजना खत्म हुन्छ । यसमा प्रायः जसो सहभागिहरुको भनाई थियो कि आफ्नो पार्टनरको मुखबा गलत नाम सुन्ने वा फेरि आफ्नो ठाउँमा कसै अरुको नाम सुन्नाले उनको लभमेकिंगको महत्वपूर्ण समयलाई समाप्त गरिदिन्छ ।

 

(भारतीय अनलाइन संस्करण नवभारत टाइम्सबाट) 

Last modified on 2018-12-16 08:18:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts