विवाहपछि किन बढ्छ तौल? यस्ता छन् कारण



Download our app to get more features

विवाह पश्चात महिलापुरुषमा अनेक किसिमका शारीरिक परिवर्तन देखिन थाल्छ । विशेषगरी मधुमास (हनिमून) सकिए लगत्तैदेखि महिलाको ढाड चौडा हुनथाल्छ भने पुरुषको पनि तौल बढ्न थाल्छ । वैज्ञानिकका अनुसार यसो हुनुको कारण पार्टनरसँग रहनु वा विवाह पश्चात हुने प्रारम्भिक परिर्वतन हुन् ।

स्कटल्याण्डमा हालै सम्पन्न एक अध्ययनका अनुसार विवाह लगत्तै केटाकेटीको तौल २ देखि ३ किलो सम्म बढ्छ । स्कटल्याण्डस्थित ग्लासगो यूनिभर्सिटीका सिनियर लेक्चरर क्याथरीनका अनुसार यो बेला उनीहरू कम क्रियाशिल हुन्छन्, अरुलाई ‘इम्प्रेस’ गर्ने काम पनि बन्द गरिदिन्छन् । जुन ठूलो तौल बढ्ने प्रमुख कारण हो । 

पार्टनरसँग रहन थालेपछि एकअर्काले खानपानमा पनि विशेष ख्यान गर्न थाल्छन । उनीहरूको जोड बढी खाना र काम कम गर्नतर्फ हुन्छ । अथवा ‘ह्याप्पी रिलेशनशीप’ तौल बढ्ने प्रमुख कारण बन्न सक्छ ।

सन् २०१३ मा गरिएको एक अध्ययनमा यस्ता जोडी जो विवाहपछि खुशीसाथ जिन्दगी ज्यूने गर्थे दुई वर्ष मै उनीहरूको तौल निकै बढेर गयो । तर, रमाइलो तथ्य के थियो भने जुन दम्पती कम खुशी थिए उनको तौलमा खासै परिवर्तन देखिएन । 

हेल्थ साइकोलोजीमा प्रकाशित अध्ययन रिर्पोटका अनुसार विवाह पश्चात तौल बढ्नुको अर्को कारण केटाकेटीले आफ्नो ख्याल त्यति गर्दैनन् । दिनहुँ गरिने व्यायामलाई बेवास्ता गर्न थाल्छन । त्यति मात्र नभई तौल कम हुनुलाई अपोजिट सेक्सलाई आकर्षित गर्नुसँग जोडेर हेर्न थाल्छन ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-09-15 11:18:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts