ओरल सेक्स हुन सक्छ ‘ज्यानमारा’, निम्त्याउँछ खतरनाक रोग



Download our app to get more features

प्रायः जसो जोडिहरु यस्ता छन् जसले ओरल सेक्सलाई निकै रोमाञ्चक मान्ने गर्छन् र यसबिना आफ्नो सेक्स लाइफलाई अधूरो ठान्ने गर्छन् । तर, सायदै उनलाई थाहा छ की ओरल सेक्सले तीनलाई अनेक प्रकारका समस्या र खतरलाई पनि निम्त्याउने गर्छ ।

पुरातन कालमा पनि गरिन्थ्यो ओरल सेक्स
ओरल सेक्स मिस्रदेखि लिएर ग्रीस, रोम र भारतमा पुरातन कालमा अपनाइएको थियो र यसको चर्चा ‘कामसूत्र’ किताबमा पनि गरिएको छ । तर, यो जान्नु जरुरी छ की प्रत्येक सेक्शुअल ऐक्टको एक सकारात्मक र एक नकारात्मक प्रभाव पर्छ ।
जानौं ओरल सेक्सबाट के छ खतरा :

HIV को खतरा
यदि कोई व्यक्ति पहिले नै एचआईभी वा सेक्शुअली ट्रान्समिटेड डिजीज अर्थात् STD बाट संक्रमित छन् भने त्यस्ता व्यक्ति सँग कुनै पनि प्रकारको शारीरिक सम्पर्क गर्नु हुँदैन । कुनै संक्रमित व्यक्ति सँग ओरल सेक्स गर्नाले अर्को व्यक्ति सम्म संक्रमण फैलने खतरा रहन्छ ।  

यसरी पनि फैलन सक्छ इन्फेक्शन
गिजाबाट रगत आउनु, मुखमा कुनैपनि प्रकारको चोट लागेको वा मुखमा खटिरा आएको अवस्थामा ओरल सेक्स गर्नाले HIV वा STD जस्ता रोगको संक्रमणको खतरा रहन्छ । यी रोगका भाइरस र ब्याक्टेरिया शरीरमा लागेको चोट, घाउ वा श्लेष्मा झिल्लीको माध्यमबाट शरीरमा फैलिन सक्छ । 

यी अवस्था नगर्नुस् यौन सम्पर्क
यदि तपाईंको शरीरमा कुनैपनि प्रकारको चिलाउने रोग छ वा दाद छ भने सके सम्म आफ्नो साथी सँग यौन सम्बन्ध नराख्नु नै उचित हुन्छ । किनकी यस अवस्थामा तपाईंको गुप्तांगबाट मुखको माध्यमले ती किटाणु शरीर भित्र प्रवेश गर्न सक्छ ।

ओरल सेक्सले हुन्छ यी गम्भीर रोगहरु
ओरल सेक्सका कारणले गनोरिया, herpes, हेपेटाइटिस ए, हेपेटाइटिस बी र HPV जस्ता गम्भिर रोग लाग्न सक्छ ।

ओरल सेक्स गर्दा क्यान्सरको खतरा 
HPV अर्थात् ह्यूमन प्यापिलोमा भाइरस (Human papillomavirus) का केही प्रजातिले क्यान्सरको खतरालाई निम्त्याउन सक्छ । यदि यी मध्ये कुनैपनि प्रजातिको भाइरसले शरीरलाई आक्रमण गर्यो भने घाँटीको क्यान्सर हुन खतरा ५५ प्रतिशतले बढेर जान्छ । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-09-23 09:26:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts