ईशान बाल तथा महिला अस्पताललाई एकसय शैयाको बनाइने



Download our app to get more features

काठमाडौ ७,असोज । काठमाडौको बसुन्धारास्थित ईशान बाल तथा महिला अस्पतालले १ सय शैयाबाट उपचार दिने भएको छ । 

अस्पतालको चौबीसौं वार्षिकोत्सवका अवसरमा २५ ओटा बेडबाटसुरु गरेको अस्पताललाई एकसय बेड क्षमताको बनाउने घोषणा गरेको हो । त्यस्तै, अस्पतालले आफ्नै ६ रोपनी जग्गामा बनेको भुकम्प प्रतिरोधात्मक सुविधा सम्मपन्न भवनमा सरेपछि एक सय शैयाको बेड विस्तार गर्ने जनाएको हो । आउँदो दुई वर्ष भित्र नयाँ भवनबाट सेवा दिइने अस्पतालका कार्यकारी अधिकृत विपिन जंगमले जानकारी दिए  । 

अस्पतालले मुटु, मष्तिस्क, आँखा क्यान्सर लगायतका रोगको उपचार सुरु गरीसकेको र ल्याप्रोस्कोपिक शल्यक्रिया पनि चाँडै सुरु गर्ने जनाएको छ । अस्पतालले शनिवार चौबीसौँ वार्षिकोत्सव तथा साधारण सभा मनाएको छ ।
 

Last modified on 2018-09-23 17:39:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts