कस्ता व्यक्ति चुक्छन् यौन आनन्द लिनबाट ? जानौं



Download our app to get more features

बैंशमा पोर्न अर्थात अश्लिल फिल्म हेर्ने पुरुषमा उमेर बढ्दै गएपछि त्यसको असर देखिने अमेरिकी शोधकर्ताहरूले दावी गरेका छन् ।

नेब्रास्का युनिर्भरसिटीका शोधकर्ताहरूले गरेको अनुशन्धान अनुसार जति कम उमेरमा पुरुषले अश्लिल फिल्म हेर्छन अरुको तुलनामा त्यति नै कम उमेरमै महिलाप्रतिको आकर्षण बढ्ने बताइएको छ । करिब २० वर्ष उमेर समूहका ३३० अण्डरग्रयाजुएट विद्यार्थीमाथि गरिएको सर्भेमा यो पत्ता लागेको हो । उनीहरूले औसतमा १३ वर्षमा नै अश्लिल फिल्म हेरिसकेका थिए ।

अध्ययनमा सहभागी मध्ये एक जनाले ५ वर्षमै पहिलो पटक ‘पोर्न’ फिल्म हेरेका थिए । अर्को एक जनाले २६ वर्षको हुँदा मात्र पहिलो पटक अश्लिल फिल्म हेरेको बताएका थिए । सर्भेबाट प्राप्त यो आँकडा अहिलेसम्म कतै प्रकाशित नगरेको अमेरिकाको वासिङ्टनमा आयोजित एक कार्यक्रममा शोधकर्ताहरूले बताए । 

मुख्य शोधकर्ता एलिसा बिसम्यान तथा उनको टीमले पुरुषसँग मात्र प्रश्न सोधेको बीबीसीले लेखेको छ । प्रश्नको जवाफ दिने अधिकांश हेट्रोसेक्शुयल थिए जसले पहिलो पटक झुक्किएर अथवा जानजानी पोर्न फिल्म हेरेका थिए । शोधका क्रममा उनीहरूलाई ४६ ओटा प्रश्न सोधिएको थियो । त्यसैको आधारमा शोधकर्ताको दावी छ की जति सानो उमेरमा अश्लिल फिल्म हेर्यो उत्ति नै सानो उमेरमा यौन उत्तेजना जाग्ने, महिलाप्रति आकर्षण र प्ले ब्वाई समेत हुने बताइएको छ । 

शोधले सानो उमेरमा पोर्न फिल्म हेर्नेले वास्तविक जीवनमा यौनसुखको  अनुभूति गर्न नसक्ने र उमेर बढेपछि पोर्न फिल्म हेर्नेहरूमा भने धेरै यौन चाहना हुने र यौनपार्टनर बदल्ने स्वभाव देखिएको जनाएको छ । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-12-08 16:16:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts