६० वर्ष कटेका व्यक्तिका लागि यौन क्रियाकलाप कति उपयुक्त ?



Download our app to get more features

सामान्यतया हेर्ने हो भने किशोरावस्थादेखि प्रौढ अवस्थाका व्यक्तिहरु यौन क्रियाकलापमा सहभागि भएको पाइन्छ । तर, हालै गरिएको एक अध्ययन अनुसार ६० वर्ष कटेका व्यक्तिहरुका लागि यौन क्रियाकलाप निकै फाइदाजनक मानिएको छ । ६० कटेका पुरुषहरु यौन क्रियाकलापमा सहभागि हुनाले उनीहरुको सम्पूर्ण स्वास्थ्यको लागि फाइदाजनक मानिएको छ भने महिलाको हकमा पार्टनरसँग भावनात्मक रुपले नजिक रहनाले उनीहरुमा खुशि महसुुस हुने गरेको छ ।

अध्ययनमा भनिएको छ की, धेरै उमेर भएका महिलाहरु चाहन्छन् की यौन सम्पर्कका बेला उनका पार्टनर उनीसँग भावनात्मक रुपले नजिक रहुन, उनलाई चुम्बन गरुन् र उनलाई भरपुर मात्रामा माया गरुन् । उसो त यौन सम्पर्कका बेला महिलाको ध्यान कम हुने गरेपनि भावनात्मक रुपमा जोडिनमा बढि ध्यान केन्द्रित हुन्छ । त्यस्तै पुरुषहरुमा उनको जीवनको इन्जोयमेन्ट सेक्स लाइफमा सन्तुष्टि र कतिपटक सम्म यौन सम्पर्क गर्न सकिरहेको छु त्यसमा निर्भर हुन्छ । 

सेक्शुअल मेडिसिन नामक जर्नलमा प्रकाशित उक्त अध्ययनले ६० केटका पुरुषका लागि यौन सम्पर्कले बढि महत्व राख्ने गरेको छ भने महिलाका लागि यौन क्रियाकलापमा सहभागि हुनु उनको लागि मनोरञ्जनको माध्यम मात्रै भएको बताउँछ । अध्ययनका लागि ६ हजार ८ सय ७९ जना पुरुष जो ६० कटेका थिए तीनलाई सहभागि गराइएको थियो । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-12-22 17:22:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts