कर्मचारी समायोजन अध्यादेशको विरोधमा उत्रिएका स्वास्थ्यकर्मीको माग सम्बोधनमा जुट्दै मन्त्रालय



Download our app to get more features

काठमाडौं, ११ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजन अध्यादेशमा स्वास्थ्यकर्मीहरुको विरोधको विषयमा आन्तरिक छलफल भइरहेको जनाएको छ ।
स्वास्थ्यकर्मीलाई वाइकट गरेर ल्याइएको अध्यादेश मान्य नहुँदै भन्दै चिकित्सा क्षेत्रका विभिन्न संघसंगठनहरुले विरोध जनाउन थालेपछि मन्त्रालय उनीहरुको माग सम्बोधनमा जुटेको हो ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्यकर्मीको हकमा जनस्वास्थ्य ऐनमा भएका कुरालाई आधार मानेर समायोजन ल्याउनुपर्नेमा त्यसो नहुँदा स्वास्थ्यका कर्मचारीमा असन्तुष्टि हुन थालेपछि त्यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफलको तयारी भइरहेको बताए । उनले भने, ‘कर्मचारी समायोजन अध्यादेशमा स्वास्थ्यका कर्मचारीलाई निजामति सरह समायोजन गर्न खोजिएको तर, स्वास्थ्य ऐनसँग नमिलेर समस्या भएको हो । सरकारले यस विषयमा छलफल गरेर समायोजन गर्ने छ ।’

प्रवक्ता श्रेष्ठले स्वास्थ्यका कर्मचारी प्राविधिक भएकाले उनीहरुको समायोजन गर्दा निजामति सरह गर्ने हो भने सेवा सुविधा पनि त्यहि अनुसार हुनुपर्ने स्वास्थ्यकर्मीको माग उठ्न थालेकोले समायोजन अध्यादेशमा केही बुँदामा परिवर्तनको आवश्यक्ता भएको औल्याए ।

 

Last modified on 2018-12-27 16:08:40

1 Comments

  1. के के बुधामा सम्सोधन हो। लेक्नुहोस। पूरा समाचार भयेन सबै सबै स्वस्थ्य कर्मिले थाहा पाउने अधिकार हो।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts