बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा



Download our app to get more features

काठमाडौं, ३० असार । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रपितष्ठानका पूर्व उपकुलपति डा.बिपी दास सहित ८ जनालाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

अख्तियारले विशेष अदालतमा सोमबार उनीहरुविरुद्ध १६ करोड १० लाख ७५ हजार ८२ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

निवारण ऐन अनुसार कैद र जरिवाना सहित विगो रकम असुलको मागदावी सहित उनीहरु विरुद्ध मुद्दा दर्ता गरिएको हो । 

प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीले ऐन विपरित गैरकानुनी रुपमा आर्थिक लाभ लिई सप्लायर्स तथा आफूलाई फाइदा र प्रतिष्ठानलाई हानि नोक्सानी पु¥याएको भन्दै अख्तियारले उनीहरुविरुद्ध आज आरोप पत्र दायर गरेको हो ।
 

Last modified on 2019-07-16 09:37:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts