राप्ति प्रतिष्ठानका २२ चिकित्सकले दिए सामूहिक राजीनामा



Download our app to get more features

काठमाडौं, ६ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको २२ चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

उपकूलपति डा. संगिता भण्डारीले बारम्बार बर्खास्त गर्ने लगायतका धम्कि दिएर तनाब दिएको भन्दै २५ मध्ये २२ चिकित्सकले सामूहीक राजीनामा दिएका हुन् । 

आफूहरुमाथि अनुचित बहानामा स्पष्टीकरण सोध्ने, बर्खास्तीको धम्कीलगायत मनोबल खस्काउने खालका दबाब दिएका कारण राजीनामा दिएको चिकित्सकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

उपकुलपतिकै कारण शारिरीक तथा मानसिक रुपमा विक्षिप्त भएर काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै उनीहरुले राजीनामा बुझाएका छन् । 

पछिल्लो समय केही चिकित्सकलाई अनावश्यक लान्छना लगाएर बर्खास्त गर्न खोजेको आरोप चिकित्सकहरुले लगाएका छन् ।

यस विषयबारे उपकुलपति प्राडा खड्कालाई पटकपटक जानकारी गराएको र काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दा समेत बेवास्ता भएको चिकित्कसकहरुको आरोप छ।

सोहीकारण कुनै पनि चिकित्सकले काम गर्नसक्ने अवस्था नभएको भन्दै सामूहीक उनीहरुले हस्ताक्षर गरेर राजीनामा बुझाएका छन् ।

 

Last modified on 2019-08-24 08:09:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts