कपाल  र नङ काट्दा किन दुख्दैन ?



Download our app to get more features

काठमाडौं, ६ भदौ ।  हाम्रो शरीरका दुई अंगहरू आजीवन बढिरहन्छन् । ती हुन्ः नङ र कपाल ।

यसकारण फोहोर नजमोस् भनेर हामी नङ र कपाल काट्छौं । तर, कपाल र नङ काट्दा हामीलाई दुख्दैन ।

शरीरका अन्य भागमा थोरै मात्र काटिएता पनि हामीलाई निकै दुख्छ ।  किन हुन्छ त यस्तो  ?

शरीरविज्ञानको दृष्टिकोणका आधारमा हेर्ने हो भने कपाल र नङमा ज्यान नहुनाले यस्तो भएको हो ।

कपाल र नङ मृत कोशिकाबाट बनेका हुन्छन् । सोहीकारण  तिनलाई काट्दा दुख्दैन । तर कपाल पूरै मृत कोशिकाबाट बनेको भएपनि नङ भने त्यस्तो  होइन ।

सबैलाई थहा भएकै कुरा हो, बढेको नङ काट्दा मात्र पीडा हुँदैन ।

तर, छालासँग टाँसिएको नङ काटेमा, चोट लागेमा वा भाँचिएमा पीडा महशुस हुन्छ । पूरै नङ मृत कोशिकाबाट बनेको हुँदैन । बढेका नङ मृत कोशिकाबाट बन्ने भएता पनि छालासँग जोडिएका नङ जीवित कोशिकाबाटै  बन्छन् ।

यसकारण छालासँग टाँसिएका नङमा चोट लाग्दा हामीलाई दुख्छ । 

एजेन्सी
 

Last modified on 2019-08-24 10:09:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts