डोटीमा पहिलो पटक डेङ्गुबाट एक जनाको मृत्यु



Download our app to get more features

डडेल्धुरा, ६ भदौ । डोटीमा पहिलो पटक डेङ्गुबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका– ६ थाप्लाकी ४२ वर्षीय छत्र मलासीको डेङ्गुबाट मृत्यु भएको हो ।

डेङ्गुबाट संक्रमित भएपछि उनको कैलाली स्थीत मायाँमेट्रो अस्पतालमा उपचारका लागी भर्ना भएकी थिइन ।

उपचारकै क्रममा मलासीको विहिबार विहान मृत्यु भएको हो । 

सुरुमा समान्य भारइल ज्वरो जस्तो लागेर उपचारमा ढिलाई भएको मृतकका जेठाजु नारद मलासीले बताए ।

‘तर टाउको दुख्ने र ज्वरो आउने क्रम नरोकीपछी थप उपचारका लागी धनगढी लग्यौँ, डाक्टरले डेङ्गु हो भनेर भन्दा त हामीलाई अचम्म लागेको थियो’ उनले भने ।  

मसालीलाई डेङ्गु र स्क्रब टाइफस गरी दुई वटा रोग देखिएको मायाँ मेट्रो अस्पतालका डाक्टर विष्णु जोशीले बताए ।

डेङ्गुले धेरै संक्रमण गरिसकेकाले उपचार सम्भव नभएको उनको भनाई छ । 

जिल्लामै अहिलेसम्म डेङ्गु रोग नभेटिएको जिल्ला अस्पताल डोटीका डाक्टर भुषण मिश्रले बताए ।

मिश्रले भने ‘हाम्रो रेकर्डमा अहिलेसम्म छैन, डेङ्गुबाट मृत्यु भएको खबर मैले पनि सुन्यौँ, हामी परिक्षण गछौँ त्यसका लागी किटको माग गरिसकेका छौँ ।’

पहाडमा पनि डेङ्गु रोग देखिनु चिन्ताजनक बिषय भएको डाक्टर मिश्रले बताए ।

लामखुट्टेको कारणभन्दा पनि मानिसहरुको तीव्र बसाइसराइ र भ्रमणले यो सार्न सहयोग गरिरहेको उनको भनाई छ ।  छत्र मलासको डेङ्गुका कारण मृत्यु भएपछी स्थानीयमा अहिले त्रास छाएको छ ।


 

Last modified on 2019-08-23 10:53:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts