प्रधानमन्त्रीको स्वास्थ्य बहसः होला त प्रधानमन्त्रीको पुनः मिर्गौला प्रत्यारोपण ?  



Download our app to get more features

काठमाडौं, ५ भदौं । १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली २७ साउनमा नेपाल फर्किए । नेपाल आएको दुई दिनपछि उनको स्वास्थ्यमा पुनः समस्या देखिएको थियो । तर, प्रधानमन्त्री बिरामी नभएको भन्दै विभिन्न बैठकहरुमा सहभागी भइरहेका थिए । प्रधानमन्त्री ओलीले अझै १५ वर्षसम्म आफुलाई केहि नहुने भन्दै १२ वर्ष अगाडिमात्र बिरामी भएको बताएका थिए । उनको त्यसबेला मिर्गाैला प्रत्यारोपण गरिएको थियो । 

तर प्रधानमन्त्री आफू ठिक छु भन्ने अभिव्यक्ति दिइरहँदा फेरी सिंगापुर उपचारका लागि जाने खबर पनि आयो । यो पछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था लुकाइएको भन्दै जानकारी दिन जनस्तरबाट आवाज पनि उठे ।  

बिहीबार साढे एकबजे प्रधानमन्त्री ओली थाइ एयरको विमानबाट पुनः सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्रीका निजि चिकित्सक डा. दिव्या सिंह शाहपनि साथमा सिंगापुर गएकी छन् । उनले सिंगापुर जानुअघि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन विज्ञप्ति समेत निकालेकी छन् । 

डा. सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री ओलीमा मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि सिंगापुर जान लागेको उल्लेख छ ।  डा. सिंहले एन्टीबडीलाई शरीरबाट निश्काशन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर जान लागेको जनाएकी छिन् ।  ‘सिंगापुरको न्याशनल यूनिभर्सिटी अस्पतालमा नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञ टोलीले उहाँको मिर्गौलाका थप परीक्षण गर्ने र क्षमता अभिवृद्धि गर्न आवश्यक उपचार समेत गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ । 

यस्तो छ अन्य चिकित्सकको भनाइ
त्यसैगरी प्रधानमन्त्रीको उपचार र स्वास्थ्य अवस्थाका विषयमा भने चिकित्सकहरुले आआफ्नो धारणा राखेका छन् । बिहीवार रिपोटर्स क्लबमा भएका साक्षात्कारमा वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्ले, नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ र प्रधानमन्त्रीका निजि चिकित्सक दिलीप शर्माले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा आफ्नो मत राखेका छन् । 
 

डा. दिलिप शर्मा 
प्रधानमन्त्रीका निजी चिकित्सक 


डा. दिलिप शर्माले प्रधानमन्त्रीको उपचार नेपाल गरेर केहि जोखिम लिन नचाहेको बताएका छन् । उनले नेपालमा चिकित्सकहरु भएपनि केहि नयाँ प्रविधिहरु जुन प्रधानमन्त्रीले उपचार गराउने अस्पतालमा छन् ती नेपालमा नभएको बताएका छन् । उनले प्रधानमन्त्रीको क्रियटिनको मात्रा सामान्यभन्दा केहि माथि देखिएको बताएका छन् । उनले नेपालमा चिकित्सक राम्रा तर प्रविधि भने केहि फरक रहेको भन्दै प्रधानमन्त्रीको उपचारका लागि सिंगापुर जानु परेको बताए । 
 

डा. मुक्तिराम श्रेष्ठ 
अध्यक्ष, नेपाल चिकित्सक संघ 


डा. श्रेष्ठले भने प्रधानमन्त्री विदेश उपचार जानु कानुन बमोजिम नभएको दावी गरेका छन् । उनले बिदेशमा उपचार गराउन मेडिकल बोर्डको सिफारीस आवश्यक पर्छ भन्दै उनले भने अरुलाई मेडिकल बोर्डले शिफारीस नगर्ने तर उहाँलाई किन छुट ? उनले जनता तिरेको करबाट उपचार हुने तर जनतालाई प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी नदिएको भन्दै आपत्ति जनाए । साथै उनले भिआइपिहरु विदेश उपचार गर्न जाने परम्परा पहिले देखि अहिलेसम्म नतोडिएको भन्दै प्रविधिहरु नेपाल ल्याएर उपचार गर्न सकिने तर्क पनि प्रस्तुत गरे । 
 

डा. ऋषि कुमार काफ्ले 
बरिष्ठ मिर्गाैला रोग विशेषज्ञ 

डा. काफ्लेले मिर्गौलाको क्रियटिन नर्मलबाट केहि बढेको छ भने ५० प्रतिशत काम गर्ने क्षमता तल झरेको हो । तर उपचार गरेर क्रियटिनमा सुधार ल्याउन सके फेरी १० देखि १५ वर्ष काम गर्न सक्छ । एन्टिवडिको मात्र घटाउने प्रक्रिया सजिलो नभएको उनले बताए । 

डा. काफ्लेले आज नेपाली जनताले नेपालमा निःशुल्क मिर्गाैलाको डाइलासिस गर्न पाइका छन् भन्दै त्यसको श्रेय प्रधानमन्त्रीलाई जाने दावी पनि गरे ।
यदि प्रधानमन्त्रीको पुन प्रत्यारोपण गर्नुपरे सफल हुन सक्ने पनि डा काफ्लेले बताए । प्रधानमन्त्रीको अन्य समस्या फोक्सो, मुटु र मस्तिष्क क्यान्सर लगायतको रोग नभएकोले पुन प्रत्यारोपण गर्न सकिने बताए । 

प्लाजमा फेरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आउनसक्ने उनले बताए । यदि यस उपचारले कुनै सुधार भएन भने पुन मिर्गौला प्रत्यारोपण हुन सक्ने उनले बताए  ।

Last modified on 2019-08-23 08:54:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts