विपद् कार्यसंचालन केन्द्रको ३ दरबन्दीमा एकजना मात्रै, व्यवस्थापन भएन प्रभावकारी



Download our app to get more features

काठमाडौं, ३० असार । स्वास्थ्य मन्त्रालयअन्तर्गतको विपद कार्य संचालन केन्द्र (इमर्जेन्सी अप्रेसन सेन्टर) गर्त वर्षदेखि संचालनमा छ । यस केन्द्रका लागि ३ वोटा पदमा दरबन्दी खुल्ला गरिएको थियो ।

जसअन्तर्गत एउटा पदपूर्ति भएता पनि बाँकी दुई ओटा पद अझै खालि रहेको छ । 

हालसम्म एक जनाले मात्रै धान्नुपर्ने अवस्था रहेको केन्द्रका प्रमुख चुडामणी भण्डारीले बताए  ।

उनले भने ‘केन्द्र संचालनमा आइसकेपछि पहिलाका वर्षहरुमा भन्दा राम्रो भएको छ, तर एक जना मात्रै हुँदा काम गर्न भने असहज भइरहेको छ ।’  ‘इमर्जेन्सी अप्रेसन सेन्टर’ त चौंबिसै घन्टा खुल्नुपर्छ,  यसका लागि एक जना मात्रै अप्रयाप्त छ, तीन ओटै दरवन्दीमा पदपूर्ति भए अझै प्रभावकारी हुन्थ्यो’ उनले थपे ।

प्रमुख भण्डारीकाअनुसार विपद कार्य संचालन केन्द्रले गृह मन्त्रालय, प्रदेश र २५ ओटा अस्पताल हबसँग समन्वयन गरेर क्रियाशिल रुपमा काम गर्छ ।

२५ ओटा अस्पताल हबभित्र प्रत्येक अंचल, क्षेत्रीय तथा केन्द्रका सबै नीजि तथा सरकारी अस्पताल पर्छन् । यससँगै प्रदेश निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयसँग पनि यस केन्द्रले समन्वयन गर्दछ । 

हाल ‘हेल्थ इमर्जेन्सी सेन्टर’ डोटी, पोखरा र सुर्खेतमा मात्रै रहेको भण्डारीले जानकारी दिए । अब जनकपूर र विराटनगरमा  पनि ‘हेल्थ इमर्जेन्सी सेन्टर’ स्थापना गर्ने तयारी रहेको उनले बताए ।

यी केन्द्र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मार्फत संचालनमा ल्याउनपर्ने हुँदा केही समय लाग्ने भण्डारीले बताए । प्रदेश नं. ५ र प्रदेश नं. ३ मा भने ‘इमर्जेन्सी हेन्थ सेन्टर’ कुन ठाउँमा राख्ने निर्णय भइरहेको केन्द्रका प्रमुख भण्डारीले जानकारी दिए ।  

उनकाअनुसार इमर्जेन्सी अप्रेसन सेन्टरले विपद अवस्थामा आवश्यक औषधि स्टोर गर्ने काम समेत गर्छ ।
                                                                                              

 


 

Last modified on 2019-07-15 18:30:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts