जन्मजात सर्ने एचआइभी अन्त्य गर्ने दोश्रो दक्षिणपूर्वी एशियाली देश बन्यो माल्दिभ्स



Download our app to get more features

काठमाडौं, ३० असार । माल्दिभ्समा आमाबाट जन्मजात बच्चामा सर्ने एचआइभी तथा सिफलिस जस्ता रोग निर्मूल भएको घोषणा गरिएको छ । यो सशक्त उपलब्धिलाई बलियो राजनीतिक प्रतिबद्धता, समुदायको सक्रियता, स्वास्थ्य श्रमिकहरुको अमूल्य योगदान र विभिन्न संगठनहरुको निरन्तर सहयोगले सम्भव भएको डब्लूएचओ दक्षिणपूर्वी एशिया क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले बताइन् ।

दक्षिणपूर्वि एशियामा यस्तो सफलता प्राप्त गर्नेमा थाइल्यान्डपछि माल्दिभ्स दोस्रो देश हो । जन्मजात आमाबाट बच्चामा सर्ने रोगमध्येमा सिफिलिस दोस्रो स्थानमा रहेको छ भने एचआइभीको सक्रमणदर ९ प्रतिशत रहेको छ । विगत दुई वर्षदेखि मालदिभ्समा कुनै पनि बच्चा वा आमामा यो रोग देखा नपरेपछि डब्लूएचओले मालदिभ्सलाई ‘एचआइभी र सिफलिस निर्मूल राष्ट्र घोषित गरेको हो । पहिलोपटक माल्दिभ्समा १९९१ मा एचआइभी इन्फेक्सन देखिएको थियो । तर, माल्दिभ्सले ‘एड्स कन्ट्रोल प्रोग्राम’ भनेर १९८७ बाटै देशव्यापी रुपमा यस रोगका बिरामीलाई सही उपचार र सहयोग गर्ने नीति ल्याएको थियो । विगत ३० वर्षदेखि आयोजित यो कार्यक्रमले ती रोग निर्मूल हुनुमा ठूलो भूमिका खेलेको डा. सिंहले बताइन् ।

साथै माल्दिभ्सले आफ्ना जनतालाई यस रोग सम्बन्धी सबै जानकारी र गुणस्तरीय सेवा समेत लागू गरेको थियो । ‘सबै स्वास्थ्य संस्थाहरुमा एड्स नियन्त्रण कार्यक्रम निवारणसहित सामान्य स्वास्थ्य प्रणालीमा राखिएको छ’, डा. सिंहले भनिन् । ‘यससँगै स्वास्थ्यका क्षेत्रमा सबैलाई समान अधिकारमा आधारित दृष्टिकोणले सार्वभौमिक स्वास्थ्य सुधार विस्तार गर्न सहयोग पुर्याएको छ’, उनले थपिन् । यो एउटा ठूलो उपलब्धि रहेको भन्दै माल्दिभ्सका क्षेत्रीय निर्देशकले अब औंलो, दादुरा लगायतका रोगलाई पनि निकट भविष्यमा निर्मूल पार्ने योजना रहेको बताएका छन् ।

Last modified on 2019-07-16 09:37:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts