स्वास्थ्यमा प्रशासनका सचिव आएसँगै भए यी ५ काम



Download our app to get more features

काठमाडौं, १२ पुस । सरकारले दुई हप्ता अगाडी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. पुष्पा चौधरीको स्थानमा प्रशासन समुहका सचिव केदार बहादुर अधिकारीलाई ल्याएसँगै मन्त्रालयका केही प्रशासनिक अड्को फुक्न थालेका छन् । मन्त्रालयको सचिव स्वास्थ्य समुहका हुनुपर्ने माग साम्य नभएकै बेला सरकारले स्वास्थ्य सम्बन्धी विषय हेर्न डा. चौधरी र प्रशासन तथा जनसंख्या हेर्ने गरि अधिकारीलाई जिम्मा दिने भनिएपनि कुनै आधिकारिक चिठि मन्त्रालयमा नआउँदा सचिवका रुपमा अधिकारी नै कार्यरत छन् । 

अधिकारी आएसँगै जिल्ला जनस्वास्थ्य कार्यालय खारेज नगर्ने, कर्मचारीको तथ्यांक संकलन गर्ने, कर्मचारीलाई स्थानीय तहले काममा खटाउन सक्ने अधिकार प्रत्यायोजन गर्ने लगायत प्रशासनिक अड्काउ फुकेको छ । यसअघि पुष्पा चौधरी सचिव रहँदा काम सुस्त भएको आरोप लाग्ने गरेको थियो । प्रशासनका नयाँ सचिव आएसँगै त्यसमा कत्तिको कमि आउँछ हेर्न बाँकी नै छ । यद्यपी उनले आफु आएसँगै केही प्रशासनिक जटिलताहरु फुकाएको बताएका छन् ।

अधिकारी आएसागै यी पाँच् मह्तवपूर्ण काम गरेका छन् 

१. सचिव अधिकारीले आफु स्वास्थ्यमा आएसँगै संघमा सीमित स्वास्थ्यकमा अधिकारहरु स्थानीय तह, प्रदेश मातहतका स्वास्थ्य सस्थामा हस्तान्तण गर्ने प्रकृया अघि बढाएका छन् । विभिन्न तहमा कार्यरत कर्मचारी र खाली दरबन्दीमा प्रदेशले नै आवश्यकता अनुसार स्वास्थ्यकर्मीको भर्ना र सरुवा गर्ने अधिकार दिइएको छ । केन्द्रमा बसेर सरुवा एवं पदस्थापनाको अधिकार अर्थिक चलखेल गर्न यो अधिकार केन्द्रले नै राख्दै आएको गुनासो थियो ।

२. जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालय पुनस्थापना लामो समयदेखि जिल्ला अन्योलता रहेको स्वास्थ्य÷जनस्वास्थ्य कार्यालय पुनस्थापना गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्ले जिल्ला कार्यालयहरु यथावत राख्ने निर्णयलाई सैद्धान्तिक सहमति दिएसँगै यो पनि कार्यान्वयनमा अघि बढेको छ । 

३. वडा स्वास्थ्य केन्द्र बनाउने काम अघि बढ्यो लामो समयदेखि रोकेर राखिको १२ सय वडामा स्वास्थ्य केन्द्र बनाउने योजना दुई दिन अगाडी मात्रै सचिव अधिकारीले स्वीकृत गरेका छन् । सरकारको नीति योजनामै समेटिएको विषय भएपनि काम अगाडी बढ्न सकेको थिएन ।

४. कर्मचारीको विवरण संकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आफ्ना कर्मचारी कति छन् भन्ने विषयमा हाल सम्म कुनै जानकारी थिएन । पटक पटक प्रश्न उठ्ने गरेपनि नेतृत्वले तदारुकता नदेखाउँदा कर्मचारीको कुनै लेखाजोखा भएको थिएन । मन्त्रालयले अनुमानका आधारमा आफ्ना ३४ हजार कर्मचारी भएको तथ्याङ्क पेश गर्दै आएको थियो । स्वास्थ्य सचिव अधिकारीले कर्मचारीको यकिन संख्या नपाए पछि फिल्डमा गएर कर्मचारीको विवरण संकलन गरी तत्काल पेश गर्न निर्देशन दिए । मन्त्रालयले ७ वटै प्रदेशमा कर्मचारी खटायो । उनिहरुले २४ घण्टा खटेर एकिन विवरण तयार पारिरहेका छन् । मन्त्रालयका शाखा अधिकृत शम्भू कटुवालका अनुसार ९५ प्रतिशत अर्थात २६ हजार बढी कर्मचारीको सूचि तयार भैसकेको छ । कर्मचारीको यकिन विवरण संकलन कार्य स्वास्थ्य मन्त्रालयले पहिलो पटक गरेको हो ।

५.फाजिलका सहसचिव व्यवस्थापन गत असोजदेखि फाजिलमा राखिएका १५ सहसचिव मध्ये ६ जनाको तत्काल पद अनुसार व्यवस्थापन गरिएको छ ।

काम नगर्ने कर्मचारीलाई कारवाही

सचिव अधिकारीले जीम्मेवार भएर काम नगर्ने कर्मचारीलाई कारवाही गरिने बताएका छन् । मन्त्रालय र विभागको काम छाडेर आवश्यक भन्दा बढी भ्रमणमा जाने कार्य रोक्न निर्देशन समेत दिएका छन् । स्वास्थ्य जनतासंग गाँसिएको विषय भएकाले यसलाई सबैले जिम्मेवार भएर अगाडी बढाउनु पर्ने बताए । सचिव अधिकारीले सेवा ग्राहीको गुनासो सुन्नेदेखि हरेक शाखाको काम कसरी अगाडी बढिरहेको छ भन्ने विषयमा नियमित रुपमा अनुगमन गर्ने पनि दावी गरेका छन् ।

Last modified on 2018-12-28 07:41:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts