कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै स्वास्थ्यका ११ संगठनद्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण 



Download our app to get more features

काठमाडौं, १३ पुस । कर्मचारी समायोजन अध्यादेश ०७५ अनुसार दरबन्दी सृजना नभएको आरोप लगाउँदै स्वास्थ्य सम्बन्धी सम्पूर्ण संघ, संगठन तथा ट्रेड यूनियनले समायोजनामा असहमति जनाएका छन् । तहगत दरबन्दी सृजना गर्न माग गर्दै ती संघ, संगठन र टे«ड यूनियनले आज उपप्रधानमन्त्री एंव स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको ध्यानाकर्षण गराएका छन् । 

२३ मंसिर ०७५ मा नेपाल राजपत्रमा प्रकाशित कर्मचारी समायोजना अध्यादेश, ०७५ ले स्वास्थ्य सेवामा तहगत रुपमा कार्यरत कर्मचारीहरुलाई प्रशासन सेवाका कर्मचारी सरह व्यवहार नगरेको साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबट सिफारिस भइ मन्त्रीपरिषद्को बैठकबाट पारित दरबन्दी संरचना कर्मचारी समायोजन अध्यादेश ०७५ को दफा ३ को उपदफा ५ बमोजिम तहगत दरबन्दी सृजना नगरेको उनीहरुको आरोप  छ । 


  
 

Last modified on 2018-12-29 09:51:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts