दाढीबाला पुरुषप्रति बढि आकर्षित हुन्छिन् महिला !



Download our app to get more features

फेशनको साथ साथै अब रिलेशनशिप ट्रेन्डमा पनि परिवर्तन हुँदै गइरहेको छ र महिलाहरु क्लिन सेभको साटो दाढी भएका पुरुष तर्फ बढि आकर्षित हुने र उनीहरुलाई रिलेशनको लागि राम्रो मान्न थालेकी छिन् । 

दाढीबाला पुरुष तरफ आकर्षित
प्रायः जसो हेर्नमा के आउँछ भने पुरुषलाई क्लिन सेव अर्थात पुरै सफा तरिकाले दाढी काटेर बस्न मन पर्छ र उनलाई लाग्छ की केटिहरु पनि क्लिन सेव भएका केटाप्रति आकर्षित हुन्छिन् । तर, अब समयमा केहि परिवर्तन आउन थालेको छ । हालै लाइफस्टाइललाई लिएर गरिएको एक अध्ययनमा केटि र महिलालाई अब क्लिन सेव गर्ने केटा भन्दा दाढीबाला पुरुष तर्फ बढि आर्कर्षित हुने गरेको खुलासा भएको छ । 

रिलेशनशिपका लागि राम्रो 
यो नयाँ अध्ययनमा जुन पुरुषको दाढी हुन्छ उनी लामो समयसम्म सम्बन्ध निभाउँछन् भन्ने खुलासा भएको छ । अध्ययनका अनुसार त्यस्ता पुरुष जो आफ्नो दाढीलाई सहि तरिकाले ग्रुम गर्छन् उनी लामो समयसम्म सम्बन्ध निभाउँछन् । महिला र केटीहरु पनि आफ्नो सम्बन्धलाई लिएर त्यस्ता केटा र पुरुषमाथि बढि विश्वास गर्छिन् जसको राम्रो व्यक्तित्व हुनुका साथै दाढी राम्रो हुन्छ । पछिल्लो केही समयमा ट्रेन्डमा आएको परिवर्तनमा ध्यान दिने हो भने धेरै संख्यामा पुरुषहरुले दाढी राख्न थालेका छन् र उनलाई दाढी राख्न पनि मन पर्छ । 

८ हजार ड ५०० महिलामाथि यो अध्ययन गरिएको थियो । केहि यस्ता पुरुषको फोटो राखिएको थियो जसको दाढि काटिएको ६ दिन भइसकेको थियो भने केहिको १० दिन वितिसकेको थियो । यसका साथै केहि पुरुषको फोटो दाढि काटेको ४ हप्ता पछिको थियो । जब अध्ययनमा सहभागि केटि र महिलालाई फोटो हेरेर बोईफ्रेन्ड छनौट गर्नका लागि भनियो अनि सबै महिलाले दाढीबादला पुरुषलाई मन पराए । 

दाढीबाला माथि धेरै विश्वास  
अध्ययनमा महिलाहरु दाढीबाला पुरुषमाथि बढि विश्वास गर्ने गरेको अध्ययनमा भनिएको छ । महिलाले त्यस्ता पुरुषलाई विवाहका लागि योग्य ठाने जसको दाढी आकर्षित र पुरै दाढी थियो । यसका साथ साथै हल्का दाढीबाला पुरुषलाई महिलाले पुरै दाढी र क्लिनसेव पुरुषको तुलनामा बढि आकर्षित माने भन्ने पनि अध्ययनमा खुलासा भएको छ ।

 

(नवभारत टाइम्सबाट)

Last modified on 2018-12-29 16:21:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts