कोमामा रहेकी महिला गर्भवती भएपछि अस्पतालका सबै कर्मचारीको डिएनए परीक्षण गरिँदै



Download our app to get more features

अमेरिका, २६ पुस । १४ वर्षदेखि कोमामा रहेकी एक महिला गर्भवति भएपछि अस्पतालका सबै कर्मचारीको डीएनए परीक्षण गरिने भएको छ ।

कोमामा रहेकी महिला गर्भवति भएपछि अस्पतालका सबै पुरुष कर्मचारीको डीएनए परीक्षणको माग प्रहरी गरेको हो । १४ वर्षदेखि कोमामा रहेकी महिला कसरी गर्भवति भइन् भन्ने विषयको जाँच प्रहरीले थालेको छ । गत डिसेम्बर १४ तारिखमा उक्त महिलाले बच्चालाई जन्म दिएपनि घटना बारे भने गत साता मात्रै खबर बाहिर आएको थियो । 

अमेरिकाको एरिजोनाका एक निजी अस्पतालमा यो घटना भएको हो । स्वास्थ्य केन्द्रका सबै पुरुष कर्मचारीको डीएनए जाँच गराउनका लागि प्रहरीले सर्च वारन्ट पनि जारी गरि सकेको छ भने स्वास्थ्य केन्द्रका सीईओले घटना पश्चात राजीनामा दिइसकेका छन् । 

न्यूज वेबसाइट एजफैमिली डट कमले घटनाबारे सबैभन्दा पहिले जानकारी दिएको थियो । राज्यका गभर्नर कार्यालयले यो घटनालाई निकै आश्चर्य जनक बताएको छ । फिनिक्स प्रहरीले भने अहिले सम्म घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन । स्वास्थ्य केन्द्रका बोर्डका सदस्य गैरी ओरमैनले स्वास्थ्य केन्द्र नै यो अवस्थाको लागि जिम्मेवार भएको र उसैले यसको वास्तविकता बताउनुभपर्ने बताएका थिए । 
 

Last modified on 2019-01-10 15:30:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts