खाद्य पुरक बिक्री रोक्न फार्मेसीमा औषधि व्यवस्था विभागको अनुगमन



Download our app to get more features

काठमाडौं, ३ मंसिर । औषधि व्यवस्था विभागले औषधि पसलहरूबाट खाद्य पुरक सामाग्री र डाइट सप्लिमेन्ट बिक्री रोक्न अनुगमन गर्न थालेको छ । विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीका अनुसार विभागको अनुगमन टोली औषधि पसलहरूमा नियमित पुगिरहेका छन् । 

खाद्यपुरक तथा डाइट सप्लिमेन्टलाई औषधि जस्तै गरी बिक्री गरेको उपभोक्ताको गुनासो आएपछि विभागले अनुगमनलाई प्राथमिकता दिएको हो । अनुगमन टोलीले पहिलो चरणमा फार्मेसीलाई सचेत गराउने गरेको उनले बताए । विभागको सुझाब विपरित पनि औषधिपसलले त्यस्ता सामाग्री नहटाए कानुन अनुसार कारबाही गरिने उनले बताए । 

खाद्यपुरक सामाग्रीलाई औषधि जसरी नै बेच्नु औषधि ऐन ४९ विरुद्ध हो । ऐनको दफा २५ मा यस्तो काम कानुनविपरित भएको उल्लेख छ । कानुनअनुसार नै विभागले उनीहरुलाई कारवाही प्रक्रिया चलाउनेछ । 

यस्ता खाद्यपुरक सामाग्रीलाई औषधि कै रुपमा फार्मेसीले भिडाउँदा उपभोक्ता मारमा परेका छन् । उनीहरु घरमै उत्पादन हुने ताजा र सुद्ध खाद्यन्न बेचेर मंहगोमा खाद्यपुरक किनिरहेका छन् । खाद्यपुरकलाई पनि औषधि ठानेर उपभोक्ताहरुले घरमा भएका खाद्यन्नहरू कोदो, मकै, अण्डा, खसी, कुखुरा, सागसब्जी बेचेर किन्ने गरेको विभागका एक पदाधिकारीले बताए । डाक्टरले प्रेस्किप्सनमै खाद्यपुरक उल्लेख गर्ने हँुदा बिरामीहरु झुक्किने गरेका छन् । 
 

Last modified on 2019-11-20 13:01:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts