गैरसरकारी संस्थालाई पनि स्वास्थ्य कर कोषको रकम

सरकारीलाई ३६ र गैरसरकारीलाई ४ करोड बाँडिने



Download our app to get more features

काठमाडौं, २ माघ । सरकारले गैरसरकारी संस्थालाई तीन वर्ष पछि स्वास्थ्य कर कोषमा जम्मा भएको रकम वितरण गर्ने भएको छ । संस्थाको औचित्य पुष्टि नगरी रकम बाँडेका कारण दुरुपयोग भएपछि तीन वर्ष देखि गैरसरकारी संस्थालाई कोषको रकम दिन रोक लगाइएको थियो । वितरण गरेको रकम बारे खर्चको प्रमाण दिन नसक्दा हरेक वर्ष बेरुजु देखिदै आएको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कहि दिन अगाडी मात्रै स्वास्थ्य कर कोषमा जम्मा भएको ४० करोड रुपैयाँ बिभिन्न स्वास्थ्य सस्थालाई बितरण गर्ने निर्णय लिएको छ । गत वर्ष ५० करोड रुपैयाँ कोषमा जम्मा भएपनि उक्त रकम खर्च नगर्दा अर्थ मन्त्रालयले यस वर्ष ४० करोड रुपैयाँ मात्रै दिएको कोषका सदस्य सचिव तथा स्वास्थ्य मन्त्रालय कानुन शाखाका उप सचिव पुस्कर राज नेपालले बताए । नेपालका अनुसार ४० करोड रुपैयाँ मध्ये ४ करोड अर्थात १० प्रतिशत रकम गैर सरकारी स्वास्थ्य सस्थालाई दिने निर्णय भएको छ ।   

विगतमा दुरुपयोग भएपछि रोकिएको थियो 
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य कर कोषको रकम उपयोगमा दुरुपयोग भएपछि दुई वर्ष देखि रोकेको थियो । नेपालले भने, विगतमा वितरण भएको रकमको बेरुजु देखियो । सस्थालाई रकम दिइयो तर, आवश्यक कागजपत्र पेश गर्न नसक्दा ठुलो बेरुजु आयो । त्यसैले वितरणमा रोक लगाइएको थियो । 
धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको निदान, उपचार तथा अनुसन्धानका क्षेत्रमा काम गर्ने स्वास्थ्य सस्थालाई  स्वास्थ्य कर कोषको रकम दिने व्यवस्था रहेको छ । तर, विगतमा अधिकांश रकम कर्मचारीको तलब भत्ता र कार्यलय संचालनमा गएको थियो । 

वर्षमा ११ अर्व उठ्छ स्वास्थ्यले ५० करोड माथि पाउदैन
सुर्तिजन्य पदार्थमा लगाएको कर बाट प्रत्येक वर्ष कम्तिमा ११ अर्व रुपैयाँ रकम उठ्ने गरेको छ । नेपाल सरकारको आर्थिक ऐनद्धारा लगाएको धुम्रपान तथा सूर्तिजन्य पदार्थको अन्तःशुल्क करबाट उठेको कुल रकमको २५ प्रतिशत रकम स्वास्थ्य कर कोषमा जम्मा हुने  प्रावधान छ । त्यसलाई स्वास्थ्य मन्त्रालयले धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको निदान, उपचार तथा अनुसन्धानका क्षेत्रमा काम गरेका सरकारी तथा गैरसरकारी स्वास्थ्य सस्थालाई वितरण गर्नु पर्ने हुन्छ । ११ अर्व रुपैयाँ मध्ये २ अर्व ७५ करोड स्वास्थ्य कर कोषमा जम्मा हुनु पर्छ । तर, अर्थले यस ५० करोड भन्दा बढी दिने गरेको छैन । 

खर्च गर्न पाउने विधा
♦ स्वास्थ्य कर कोषमा जम्मा भएको रकम धुम्रपान तथा सुर्तिको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदा, उपचार तथा अनुसन्धान गर्ने ।
♦ धुम्रपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रणको लागि स्वास्थ्य, शिक्षा जनचेतनामूलक र सेवामूलक कार्यक्रम संञ्चालन गर्ने । 
♦ समितिको संचालन खर्च

Last modified on 2019-01-16 13:54:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts