उपप्रधानमन्त्री यादव भन्छन् : केसीसँग भएको सम्झौता पालना गर्नुपर्छ



Download our app to get more features

काठमाडौं, ९ माघ । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले केसिसँग भएका सम्झौता इमान्दारिताका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन्। आज मन्त्रालयमा पत्रकारहरु संगको अन्तर्क्रियामा उपप्रधानमन्त्री यादवले केसिसँग राज्यले गरेको सम्झौता इमान्दारिताका साथ कार्यान्वयन गर्नु पर्ने बताएका हुन् । मन्त्री यादवले भने, म आन्दोलनकै आधारमा आएको मान्छे भएकाले आन्दोलन पछि भएका सहमति कार्यान्वयन गर्नु पर्छ भन्छु ।ु संविधान संशोधन सहित तीन बुँदे सम्झौता गरेर सरकारमा सहभागी यादवले आफुपनि भोलि फेरि आन्दोलनमै जानु पर्छ कि भन्ने आशंका व्यक्त गरे ।

गुस्तरीय मेडिकल कलेजले मात्र गुणस्तरीय डाक्टर तथा स्वास्थ्य जनशक्ति उत्पादन गर्ने भन्दै यादवले केसीसँग भएका सम्झौता पालना गर्नुपर्ने दोहार्याए । यसैबीच मन्त्रालयले गएको छ महिनामा आफुले गरेका कामको प्रगति विवरण पनि प्रस्तुत गरेको छ ।

Last modified on 2019-01-24 06:56:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts